सर्लाही, २२ असोज । ईश्वरपुर नगरपालिका सन सागरनाथ गोल्ड कप सम्पन्न भएको छ। सन सागरनाथ युवा क्लबको आयोजनामा असोज १५ गतेदेखि प्रतियोगिता सुरू भएकाे थियाे । ईश्वरपुर नगरपालिका ४ सागरनाथको खेलमैदानमा भएको प्रतियोगितामा ९ वटा क्लबले सहभागिता जनाएका थिए ।
स्थानीय स्तरमा भएका खेलप्रतिभा पहिचान गर्ने र फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गरिएको क्लबका अध्यक्ष सुनिल मोक्तानले बताए । दसैंको नवमीसम्म चलेकाे याे प्रतियोगिताका विजयी तथा समावेशी खेलाडीलाई नगद तथा प्रमाणपत्रको व्यवस्था गरिएको थियाे ।
फाईनल खेलमा फुलजाेड युवा क्लब बयलवासलाई एकका बिरुद्ध दुइ गाेल गर्दै महोत्तरी-११ बिजयी भएकाे हो । बिजयी टिमले एकाउन्न हजार एक नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यस्तै ,उपबिजेता फुलजाेड युवा क्लब बयलवासले पच्चीस हजार पाँच नगद प्राप्त गरेकाे थियो ।
खेलकाे म्यान अफ द म्याचमा फुल्जोर युवा क्लबका यांग लामा ‘एलिस ‘ र बेस्ट गाेल किपर सागर खुन्ग्लिंग घाेषित भएका थिए । त्यस्तै बेस्ट डीफेण्डरमा महोतरी ११ कै राजु आले मगर पर्न सफल हुनु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रमोद शाह, कराते महासघका वर्तमान महासचिव ध्वजमान मोक्तान , पूर्व मंत्री शम्भु लाल श्रेष्ठ ,युवा नेताहरु क्रमश राम छवी लाल शाह ,गौरब बर्मा ,नगेन्द्र शाह लगायत ईश्वरपुर नगरपालिका सदस्य रमा अधिकारी ,ईश्वरपुर नगरपालिका ४ का वडा अध्यक्ष टंक बहादुर लामा तथा समाजसेवीहरु क्रमश छत्र बहादुर डुम्जन ,इन्द्र योन्जन र नरेश महत्तो ज्यू ले सहभागिता जनाउनु भएको थियो ।
फाईनल खेल सुरु हुनुभन्दा पहिले सागरनाथका अग्रज खेलाडीहरुकाे प्रतिस्पर्धाले दर्शकलाई मनोरञ्जन दिएकाे थियाे ।