जनकपुरधाम, २६ असोज । धार्मिक नगरी जनकपुरधाममा मांस–मदिरा प्रतिबन्ध लगाउने तयारी भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ ले मांस मदिरा प्रतिबन्ध लगाउने तयारी थालेको हो ।
उक्त वडामा भएको सर्वपक्षीय बैठकले एक महिनाभित्र वडाभित्रका मदिरा र माछा तथा मासु पसल हटाउने निर्णय गरेको छ । सो अनुरुप वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा पसलहरुमा पुगेर एक महिनाभित्र कारोबार बन्द गर्न अल्टिमेटम दिएका छन् ।
विगत वर्षदेखि मदिरा र माछामासु पसल बन्द गराउने विषयमा छलफल गरिरहेको बताउँदै सर्वपक्षीय बैठकबाट निर्णय समेत गरेको जानकारी दिए । उनले मदिरा र माछामासुको पसललाई बन्द गर्न एक महिने अल्टिमेटम समेत दिएको बताए ।
वडा नम्बर ७ स्थित नगर परिक्रमा क्षेत्रभित्र करिब दुई सय बढी मदिरा र माछामासुको पसल रहेको छ । तस्विर : न्यूज२४