ललिता साह/ सप्तरी, २६ असोज । चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउदा बिरोध गर्न सक्ने आशंकामा सप्तरी राजविराज स्थित निवासबाटै गत शुक्रवार सप्तरी प्रहरीद्वारा पक्राउ गरिएकी समाजबादी पार्टीकी नेतृ सुनिता साहबारे महिला मानव अधिकार रक्षक संजाल सप्तरीले आईतवार जिल्ला प्रहरी कार्यालय सप्तरी पुगी उनीबारे जानकारी लिएका छन् ।
मुद्दा फॉटका इंस्पेक्टर संतोष कुमार खडकाले दिएका जानकारी अनुसार असोज २४ गते जिल्ला प्रशाशन कार्यालय बबरमहलको चलानी नम्बर १२७७ को पठाईएको पत्र र महानगरीय प्रहरी वृत्त कमलपोखरीले गरेको पत्राचारको आधारमा नेतृ साहलाई रित पूर्वक पक्राउ गरी जिल्ला ल्याईएको र स्थल मार्गबाट काठमाण्डौ पठाइएको छ ।
इन्सपेक्टर खड्काले यहांबाट सप्तरी प्रहरीको जिम्मेवारी सकिन्छ र यसपछिको अनुसंधान महानगरीय प्रहरी प्रभागले नै गर्ने भन्दै अनिता देवकोटाको नेतृत्वमा प्रहरी कार्यालय पुगेका संजालकों टोलीलाई गराएका छन् ।
चीनका राष्ट्रपति सी नेपाल आउदा बिरोध गर्न सक्ने आशंकामा सप्तरी राजविराज स्थित निवासबाटै असोज २४ गते शुक्रवार सप्तरी प्रहरीले नेतृ साहलाई पक्राउ गरे । चीनका विदेशमन्त्री वाङ यी भदौको तेस्रो साता नेपाल आउँदा काठमाडौंस्थित चीनको दूतावास अगाडि भएको प्रदर्शनमा साह पनि सहभागी थिइन् । २३ भदौमा चीनका विदेश मन्त्री आउँदा विवाह गर्ने बहानामा नेपाली महिलालाई चीन लगेर दुव्र्यबहार गरिरहेको भन्दै प्रदर्शन गरिएको थियो ।
सोही घटनालाई लिएर उनीमाथि अभद्र ब्यवहार गरिएको भनि व्यक्तिद्वारा दिईएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको र सोही अनुरूप अनुसंधान पर्कृया अघि बढाईनेछ । उनकी विरूद्ध यो अपराध ठहर भएमा नेपालको प्रचलित कानुनमा कम्तीमा १ वर्षको कैद र १० हजार जरिवाना हुन सक्ने प्रावधान रहेको कानुन विज्ञहरू बताउछन् ।