जनकपुरमा ‘गित अप्पन गामके’


जनकपुरधाम, २८ असोज। जनकपुरधामको जानकी मन्दिर परिसरमा ‘गित अप्पन गामके’ नामक सांस्कृतिक साँझ हुने भएको छ । इनोभेटिभ एन्डेभर सोसाइटीको आयोजनामा सांस्कृतिक साँझ हुन लागेकोहो ।

मंगलवार साँझ सोसाइटीका कलाकार र स्थानीय कलाकार हरुले प्रस्तुती गर्नेछन् । जनकपुरको पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष २०२० लाई मद्दत पुग्ने विश्वासका साथ साँस्कृतिक साँझ आयोजना गर्न लागेको आयोजकले सोमवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सोसाइटीमा जनकपुर घर भई विभिन्न शहरमा अध्ययनरत विद्यार्थीहरुको संस्था हो । यस संस्थाले गत वर्षदेखि दशैं, दिपावली र छठ पर्वको अवसरमा गित अप्पन गामके नामक सांस्कृतिक
साँझ गर्दै आएको छ ।

प्रकाशित : २०७६ आश्विन २८, मंगलवार ०३:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ