जनकपुरमा माई म्युजिक रेकर्डिङ स्टुडियो सुभाम्भ


जनकपुरधाम, २८ असोज। जनकपुरधाममा माई म्युजिक रेकर्डिब स्टुडियो सुभाम्भ भएको छ । गायक संजय कुमार यादवले जनकपुरधाममा माइ म्युजिक रेकर्डिब स्टुडियो संचालनमा ल्याएका हुन् । सोमबार एक समारोहका बीच प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले स्टुडियोको समुद्घाटन गरेका छन् ।

आधुनिक एवम् प्रविधियुक्त स्टुडियो नहुँदा स्थानीय कलाकार, गायक जनकपुर बाहिर गीत, संवाद रेकर्ड गराउन बाध्य थिए । जनकपुरमै आधुनिक एवम् प्रविधियुक्त स्टुडियो संचालनमा आएपछि स्थानीय र बाहिरका कलाकारहरु लाभान्वित हुने विश्वास संचालक यादवले लिएका छन् ।

गायक यादवले पिडारीचौक स्थित आफ्नै घरमा संचालनमा ल्याएको स्टुडियोको समुद्घाटन कार्यक्रममा प्रेस काउन्सिलका सदस्य नवल किशोर शरण, गायक सुनिल मल्लिक, पत्रकार अशोक दत्त लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७६ आश्विन २८, मंगलवार ०३:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ