रौतहटमा आगलागी हुँदा लाखौंको क्षति, चारवटा घर गोठ जलेर नष्ट


गौर, २९ असोज। रौतहटको मौलापुर नगरपालिका ६ पथरा बुधराममा गएराति लामखुटे धपाउन बालिएको घुराबाट सल्किएर चारवटा घर गोठ जलेर नष्ट भएको छ ।

साहेब महतोको गोठमा बालिएको घुरबाट आगो सल्किएर गएराति पौने १० बजेको समयमा गणेश महतो, नरेश महतो र उमेश महतोको घर गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा रहेको अन्नपात लताकपडा लगाएतका समान पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव आठ लाख बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक गौतम बोहराले बताउनुभयो ।

आगो निभाउने क्रममा छिमेकी विगु महतो र जयशी यादवको घरमा समेत क्षति भएको बोहराले टुडे खोजलाई बताउनुभयो । प्रहरी र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रण्मा लिईएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ

प्रकाशित : २०७६ आश्विन २९, बुधबार ०३:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ