Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

ठेकेदारको बदमासी : ड्राइपोर्ट–पथलैया सडकको काम सन्तोषजनक भएन, प्रजिअद्वारा अनुगमन सुरु

टुडे खोज लेखक टुडे खोज
अशोज ३०, २०७६, ३:०९ AM
0
ठेकेदारको बदमासी : ड्राइपोर्ट–पथलैया सडकको काम सन्तोषजनक भएन, प्रजिअद्वारा अनुगमन सुरु

वीरगंज, ३० असोज । राष्ट्रिय गौरवको योजना अन्तर्गत बारा र पर्सामा सञ्चालित व्यापारिक मार्ग विस्तार योजनाको काम सन्तोषजनक नभएको अनुगमन टोलीले ठहर गरेको छ । बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, आयोजनाका इन्जिनीयर अरुणकुमार कर्णलगायतको टोलीले गरेको अनुगमनमा ठेकेदार कम्पनीले सन्तोषजनक काम नगरेको बताएको छ ।

पर्साका प्रजिअ भट्टराईले सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चालित योजनामध्ये पाँचवटा योजनाका ठेकेदार कम्पनीहरूको दुईपटकको म्याद सकिएको र तेस्रोपटकको म्याद थप गर्न निवेदन दिएपछि मन्त्रालयको निर्देशनमा आपूmहरूले अनुगमन गरेको बताए । अनुगमनको क्रममा ठेक्का सम्झौताको समय सम्पन्न भइसकेको तर काम सम्पन्न नभएको तथा पुनः म्याद थप्न खोजेपछि सरकारले निर्देशनपछि आपूmहरूले संयुक्तरूपमा अनुगमन गरी अवस्था बुझ्ने र त्यसपछि सरकारलाई सिफारिश गर्ने बताए ।

स्थलगत अनुगमनमा ठेकेदार कम्पनीले चरम लापर्बाही गरेको प्रजिअ भट्टराईले बताए । पाँचवटा योजनामध्ये सबैभन्दा कम पप्पु, टेक जेभीको काम भएको र तत्काल सुधार गर्न निर्देशन दिएको बताए । प्रजिअ भट्टराईले दुईपटक म्याद थपेर अब अन्तिमपटक म्याद आपूmहरूले पठाउने प्रतिवेदनको आधारमा सरकारले थप्ने जानकारी गराए ।

व्यापारिक मार्ग विस्तार योजना अन्तर्गत परवानीपुर–गण्डक, गण्डक–हरपतगंज, हरपतगंज–ड्राइपोर्ट, सूर्य टोबाकोदेखि आर्मी क्याम्पसम्म ठेक्का लिएका चारवटा ठेकेदार कम्पनीले म्याद थपको लागि विभागमा निवेदन दर्ता गराएका छन् ।
परवानीपुर–गण्डकसम्म ३.९२ किमी सडक निर्माणको लागि रु ९७ करोड ५६ लाखमा अमर, पप्पु, टेक जेभीले २०७३/५/२९ मा सम्झौता गरेकोमा कार्यप्रगति २९ प्रतिशत मात्र छ ।

गण्डकदेखि हरपतगंजसम्म ३.५ किमी सडक निर्माणको लागि रु ५३ करोड ७५ लाखमा श्रेष्ठ, बिरुवा, एपेक्स जेभीले २०७३/३/२९ गते सम्झौता गरेकोमा कार्यप्रगति ६४ प्रतिशत छ । हरपतगंजदेखि ड्राइपोर्टसम्म पप्पु, लुम्बिनी जेभीले रु ७४ करोड ७० लाखमा ठेक्का लिएकोमा कार्यप्रगति ३१ प्रतिशत छ ।

पथलैयादेखि सूर्य टोबाकोसम्म ४.५ किमी सडक निर्माण गर्न अमर, कन्टेक्ट जेभीले रु ६८ करोड ५३ लाखमा ठेक्का लिएकोमा ६० प्रतिशत काम सम्पन्न भएको जनाइएको छ । सूर्य टोबाकोदेखि आर्मी क्याम्पसम्म ५.८ किमी सडक निर्माण गर्न शर्मा, युनाइटेड जेभीले रु ८२ करोड ४५ लाखमा ठेक्का लिएकोमा ३५ प्रतिशत कार्यप्रगति भएको छ ।

आर्मी ब्यारेकदेखि परवानीपुरसम्म ५.१६ किमी सडक निर्माणको लागि अमर, कन्टेक्ट जेभीले रु ७६ करोड ३७ लाखमा टेन्डर सकार गरेकोमा कार्यप्रगति ६६ प्रतिशत छ । परवानीपुरदेखि गण्डक चोकसम्म ४.२४ किमी सडक बनाउन रु ४४ करोड ८१ लाखमा दिवा, सपना जेभीले टेन्डर सकार गरेकोमा कार्यप्रगति ३२ प्रतिशत छ ।

व्यापारिक मार्ग विस्तार योजना अन्तर्गतका पुलहरूमध्ये ललका पुलको ४९ प्रतिशत, श्रीसिया पुलको ५३ प्रतिशत, पथलैयादेखि परवानीपुरसम्म रहेका ससाना पुलको ४७ प्रतिशत, ड्राइपोर्टदेखि गण्डकसम्मको कल्भर्ट निर्माणको १५ प्रतिशत काम मात्र भएको आयोजनाका इन्जिनीयर अरुणकुमार कर्णले जानकारी गराए ।

इन्जिनीयर कर्णका अनुसार सार्वजनिक खरीद नियमावली अनुसार देशभरिका राष्ट्रिय गौरवका योजना अन्तर्गत काम गरिरहेका ठेकेदारहरूले असार मसान्तसम्म म्याद थप्न सक्ने र त्यसपछि ठेकेदार कम्पनीहरूसँगको ठेक्का सम्झौता तोड्ने वा जरिवाना गराएर काम गराउने जानकारी गराए । ठेकेदार कम्पनीले विभिन्न बहाना बनाइ अहिलेसम्म काम सम्पन्न नगरेको उनले दाबी गरेका थिए ।–आजको प्रतिक दैनिकमा यो खबर छापिएको छ ।

सम्बन्धित समाचार

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

मिटरब्याज पीडितमाथि शारीरिक शोषण !

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध