सांसद साहको पक्राउपछि राजपाद्वारा मधेश भरि प्रदर्शन


जनकपुरधाम, ३० असोज । सांसद प्रमोद साहको पक्राउ पछि राजपाले चरण बद्ध रुपमा विरोध प्रदर्शन गरिरहेको छ ।

आन्दोलन आज पनि मधेश भरि जारि रहेको छ । ठाउ ठाउमा राजपाका कार्यकर्ताले बन्द गरेको छ भने टायर बालेर समेत बिरोध प्रदर्शन गरिरहेका छन् । त्यसै क्रममा राजपाले आज गृहमन्त्री समेत सहित संघिय मन्त्रिहरुको पुतला समेत दहन गरेको छ ।

सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह जहाज ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गर्नुका साथै म्यानेजर विजय सिंहमाथि हातपात गरेका थिए । उनीमाथि मगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराए पछि साह काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रकाशित : २०७६ आश्विन ३०, बिहीबार १४:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ