टुडेखोज/ वीरगञ्ज : वीरगन्जको नारायणी अस्पतालमा उपचाररत एक युवकको ज्यान गएको छ । बारा सपहीका २३ वर्षका युवकको आईतवार राति ८ बजे ज्यान गएको हो ।
मृतक युवकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका युवकको ज्यान गएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । उनका अनुसार ति युवक आइतवार दिउँसो १२ बजे अस्पतालमा भर्ना भएका थिए ।
मृतकको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको डाक्टर चौरसियाले बताए । उनका अनुसार रिपोर्ट आउन बाँकी रहेको छ ।