एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न प्रहरी असफल भइरहेका बेला पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले गम्भीर बयान दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गृहमन्त्री राणाले कि इमरान खान मारिने वा कि आफू मारिने अभिव्यक्ति दिएका छन् ।
प्रहरीले खानलाई पक्राउ गर्न खोज्दा उनका समर्थकले अवरोध गरिरहेका छन् । सरकारले यसलाई अराजकता भनेको छ ।
‘देशको राजनीतिलाई यस बिन्दुकमा लगिँदैछ कि या त इमरान खान मारिनेछन्, या म मारिनेछु,’ उनले भने, ‘अब हामी २ मध्ये एकै रहनसक्छौं ।’