Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                
नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

टुडे खोज लेखक टुडे खोज
चैत्र १३, २०७९, ३:५६ PM
0
नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

काठमाडौँ । नेपाल प्रहरीमा पहिलो पटक तीन महिला प्रहरी विशिष्ट श्रेणीमा पुगेका छन् । सोमबार बढुवा समितिले डीआईजी मीरा चौधरीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

यसअघि प्रहरी अस्पताल निर्देशकका रुपमा एआईजी डा. आशा सिंह र गतसाता किरण बज्राचार्य जनपदतर्फ नै एआईजी भएका थिए । प्रहरीको इतिहासमै एकसाथ तीनजना महिला एआईजी कार्यरत रहेको यो नै पहिलो पटक हो । डा. सिंह साढे तीन वर्ष पहिले नै एआईजी भएकी थिइन् । २०७६ पुस ३ गते अस्पताल प्रमुख डा. दुर्गा थापाले अवकाश पाएपछि सिंह एआईजी भएकी थिइन् ।

यता जनपदतर्फ भने पूजा सिंह पहिलो महिला एआईजी हुन् । उनलाई गत गत जेठमा सरकारले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । तर, उनले एआईजीका रुपमा एक वर्ष पनि काम गर्न पाइनन् । पूजा सिंह गत फागुन ७ गते उमेरहदका कारण अवकाश भएकी थिइन् ।

सिंहको अवकाशसँगै नेपाल प्रहरीमा ५ एआईजी रिक्त भएको थियो । रिक्त ५ मध्ये किरण बज्राचार्य पनि बढुवा भएकी थिइन् । उनी आफ्नो ब्याचबाट प्रहरी नेतृत्वका लागि दाबेदार समेत भइन् । तर सरकारले पहिलो नम्बरमा रहेको वसन्तबहादुर कुँवरलाई आईजीपी बनाएसँगै पहिलो पटक नेतृत्वमा पुग्ने उनको सम्भावना टरेको थियो ।

तर ३० वर्षे हटाउने प्रक्रिया सुरु भइसकेकाले उनीहरुमध्येबाटै फेरि आईजीपी बन्ने सम्भावना रहनेछ । अहिलेकै अवस्थामा पनि किरण र मीरा करिब २ वर्ष प्रहरी सेवामा रहनेछन् । उनीहरु एकसाथ २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् ।

डीआईजीसम्म सँगसँगै बढुवा भएका उनीहरु एआईजी भने ११५ दिनको फरकमा हुने भएका हुन् । मीरालाई अब एकसातापछि सरकारले एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ । तत्कालै एआईजी बढुवा गर्नु पर्ने भएकैले यसअघि बढुवा भएका एआईजीहरुको पनि पदस्थापन हुन सकेको छैन ।

डीआईजीमै छुटे दुर्गा र किरण

किरण बज्राचार्य र मीरा चौधरीसँगै भर्ना भएका दुर्गा सिंह र किरण राणा भने डीआईजीमै रोकिएका छन् । २०५१ चैत ५ गते एकसाथ चार महिला निरीक्षकमा भर्ना भएका थिए ।

किरण र मीराभन्दा बढुवामा पछि पर्दै आएका उनीहरुले पनि एआईजी बन्न जोड गरेका थिए। तर सरकारले वरीयताअनुसार एआईजी बढुवा गर्दा उनीहरु भने छुटे ।

गत असारमा एकसाथ १७ जना डीआईजीमा बढुवा भएका थिए । तीमध्ये १० औँ नम्बरसम्मका डीआईजीहरु एआईजी बनेका हुन् । यही ब्याचको पहिलो नम्बरमा रहेका वसन्तबहादुर कुँवर भने आईजीपी भएका छन् ।

एआईजी भएका दीपक थापा र टेकबहादुर तामाङ भने किरण राणा र दुर्गा सिंहभन्दा पछिल्लो ब्याचका हुन् । उनीहरु एसएसपीबाटै अगाडि लाग्दा किरण र दुर्गा भने एआईजीमा छुटेका हुन् ।

यही ब्याचका १८ जना भने अझै एसएसपी नै छन् । अब रिक्त भएका डीआईजीमा उनीहरुमध्येबाटै बढुवा हुनेछन् । बाँकी एसएसपीहरु सबै पुरुष छन् । यसअघि १७ डीआईजी बन्दा उनीहरुलाई चार महिलाले पछि पारेका थिए ।

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

ताजा समाचार

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध