काठमाडौँ । वाणिज्य बैंकहरुले आज (वैशाख १ गते)देखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
गत चैत २९ गते बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको थियो । संघले व्यक्तिगत मुद्दतीतर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याज दिने निर्णय गरेको हो । सोही निर्णय अनुसार बैंकहरुले ब्याजदर घटाएका छन् ।
यसअघि बैंकहरुले व्यक्तिगत मुद्दतीतर्फ ११ र संस्थागततर्फ ९ प्रतिशत दिँदै आएका थिए ।
नबिल बैंक
नबिल बैंकले बचत खातामा पैसा जम्मा गर्ने बचतकर्तालाई न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याज दिइरहेको छ।
त्यसैगरी ब्याक्तिगत तर्फको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत, रेमिट्यान्स मुद्दतीमा १०.९९ र संस्थागत मुद्दती निक्षेप तर्फ ७.९९ प्रतिशत ब्याजदर दिइरहेको छ।
बैंकको वेशरेट १०.१० प्रतिशत रहेको छ। बैंकले वेशरेटमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा ब्याजदर कायम गरेको छ। नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा भने नबिल बैंकले वेशरेटमा २ प्रतिशत थपेर कर्जाको ब्याजदर तोकेको छ।
बैंकको अधिकांश कर्जाको ब्याजदर १५ प्रतिशतको हाराहारीमा रहेको छ ।
स्टान्डर्ड चाटर्ड बैंक
स्टान्डर्ड चाटर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज दिने भएको छ।
बैंकले रेमिट्यान्स बचतमा भने ८ प्रतिशत ब्याज दिने भएको छ।
व्यक्तिगत मुद्दतीतर्फको खातामा बैंकले ९.९९ प्रतिशत, संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याज दिने भएको छ।
बैंकको वेशरेट ९.४६ प्रतिशत छ । बैंकले वेशरेटमा न्यूनतम २ देखि ४ प्रतिशत प्रिमियम थपेर कर्जा ब्याजदर तोकेको छ। बैंकबाट ऋण लिनेले १३.९९ प्रतिशत ब्याजदरमा ऋण पाउनेछन् ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा ५.४० प्रतिशतदेखि ७.४० प्रतिशतसम्म ब्याज दिइरहेको छ । बैंकले सामान्य बचत खातामा ५.४० प्रतिशत ब्याजदर दिइरहेको छ । तलबी बचत खातामा सबैभन्दा धेरै ब्याजदर दिइरहेको छ ।
मुद्दती खाताहरुमा ब्याक्तिगत तर्फ ९.९० ब्याजदर कायम गरेको छ भने संस्थागत तर्फ ७.९९ प्रतिशत सम्म ब्याज दिइरहेको छ ।
बैंकको वेशरेट ९.२९ प्रतिशत कायम गरेको छ । वेशरेटमा न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम लिएर कर्जाको ब्याजदर तोकेको छ ।
स्थिर कर्जामा बैंकले १४.२५ प्रतिशत देखि १६.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशत ब्याज दिइरहेको छ । त्यसैगरी व्यक्तिगत मुद्दतीतर्फ ९.९९ प्रतिशत र प्राइम वैदेशिक बचत खातामा ८.४० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
संस्थागततर्फ भने ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले वेशरेटमा ५ प्रतिशत प्रिमियम कायम गरी ब्याजदर कायम गरेको छ ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले बचत खातामा न्यूनतम ५.४० देखि अधिकतम ७.४० सम्म ब्याजदर कायम गरेको छ ।
व्यक्तिगत मुद्दतीतर्फ बैंकले ९.९९ प्रतिशत ब्यादर कायम गरेको छ । रेमिट्यान्स खातामा भने १०.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ। संस्थागततर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकको वेशरेट १०.६४ प्रतिशत छ । जसमा बैंकले अधिकतम साढे ४ प्रतिशत प्रिमियम कायम गरी कर्जाको ब्याजदर कायम गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आईएम बैंकले बचत खातामा न्यूनतम ५.४० देखि अधिकतम ९.४० सम्म ब्याजदर कायम गरेको छ ।
त्यसैगरी व्यक्तिगत मुद्दतीमा ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकले वेशरेटमा ५ प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर कायम गरेको छ ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले बचत र मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ७.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले मुद्दती खाताहरुमा व्यक्तिगततर्फ ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत र रेमिट्यान्स व्यक्तिगत मुद्दतीमा १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कर्जातर्फ बैंकले वेशरेटमा ५ प्रतिशत प्रिमियम कामय गरी कर्जा ब्याजदर तोकेको छ । बैंकले स्थिर कर्जाको लागि १४.९९ प्रतिशत ब्याजदर कायम गरेको छ ।
कुमारी बैंक
कुमारी बैंकले बचत खाताहरुमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
फिक्स डिपोजिटमा व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ र कुमारी रेमिट खातामा ११ प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकको वेशरेट १०.८२ प्रतिशत रहेको छ । बैंकले वेशरेटमा न्यूनतम २ प्रतिशत देखि अधिकतम ५ प्रतिशत प्रिमियम तोकेर कर्जाको ब्याजदर निर्धारण गरेको छ ।
नेपाल बैंक
नेपाल बैंकले बचत खातामा ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
त्यसैगरी मुद्दती खातामा व्यक्तिगत तर्फ ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्यादर कायम गरेको छ ।
बैंकको वेशरेट ९.९० प्रतिशत छ । वेशरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम कायम गरी कर्जा ब्याजदर निर्धारण गरेको छ ।
सानिमा बैंक
सानिमा बैंकले बचत खातामा न्यूतम ५.९५ प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
त्यसैगरी ब्याक्तिगत मुद्दतीतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले १३ महिना अवधिको कर्जामा १३ प्रतिशत, दुई वर्ष अवधिको कर्जामा १३.५० प्रतिशत, तीन वर्षे कर्जामा १४ प्रतिशत र ३ वर्षे बढी अवधिको साढे १४ प्रतिशत ब्याजदर तोकेका छन् ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम ६ देखि ८.४ प्रतिशत ब्याजदर कायम गरेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दतीमा ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
बैंकले कर्जामा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर कर्जाको ब्याजदर तोकेको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले बचत खातामा न्यूनतम ४.६५ प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
मुद्दतीतर्फ व्यक्तिगत मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकको वेशरेट ११.०६ प्रतिशत छ। बैंकले वेशरेटमा न्यूनतम २ देखि ५ प्रतिशतसम्म प्रिमियम कायम गरी कर्जाको ब्याजदर तोकेको छ।
प्रभु बैंक
प्रभु बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।
मुद्दतीतर्फ व्यक्तिगत खातामा ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ।
बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर तोकेको छ।
एनएमबि बैंक
एनएमबि बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
मुद्दतीतर्फ व्यक्तिगत मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर तोकेको छ ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
मुद्दतीतर्फ व्यक्तिगत मुद्दतीको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर तोकेको छ। माछापुच्छ्रे बैंकले दश वर्षे अवधिको घर कर्जा र रिटेल कर्जामा १६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
सनराइज बैंक
सनराइज बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
मुद्दतीतर्फ ब्याक्तिगत खातामा ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम गरी ब्याजदर तोकेको छ ।
बैंकले स्थिर कर्जामाहरुमा घर कर्जा, शैक्षिक कर्जा, अटो कर्जामा १३ प्रतिशत ब्याजदर तोकेको छ ।
हिमालयन बैंक
हिमालयन बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याज कायम गरेको छ । मुद्दतीतर्फ व्यक्तिगतमा ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।
नेपाल एससबीआई बैंक
नेपाल एसबीआई बैंकले मुद्दतीतर्फ व्यक्तिगत खातामा ९.९९ प्रतिशत र संस्थागततर्फ ७.९९ प्रतिशतसम्म ब्याज कायम गरेको छ। बैंकले रेमिट्यान्स खातामा ११ प्रतिशत ब्याज कायम गरेको छ ।
बैंकको वेशरेट ११.२१ प्रतिशत रहेको छ । वेशरेटमा बैंकले ५ प्रतिशत प्रिमियम कायम गरी कर्जाको ब्याजदर निर्धारण गरेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । रेमिट्यान्स बचतमा भने ८.४० प्रतिशत ब्याज कायम छ ।
मुद्दतीतर्फ व्यक्तिगतमा ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशतसम्म ब्याजदर कायम छ। बैंकले वेशरेटमा ५ प्रतिशतसम्म प्रिमियम कायम कर्जाको ब्याजदर तोकेको छ ।
बैंकको वेशरेट १०.०८ रहेको छ । वेशरेटमा ४.५ प्रतिशत प्रिमियम थपेर कर्जाको ब्याजदर तोकेको छ ।