जनकपुरधाम । मेलम्ची खानेपानी आयोजनाको सुरुङ गेट फुटेपछि बगेका इन्जिनिर सतिश गोइत मरणोपरान्त राष्ट्रपतिबाट विभुषित भएका छन् ।
संविधान दिवसमा असोज ३ गते राष्ट्रपतिद्वारा घोषित विभूषण आज स्वर्गिय इन्जिनिर गोइतलाई पनि प्रदान गरेका हुन् । स्वर्गीय इन्जिनिर गोइतलाई मरणोपरान्त प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभुषित गरिएको इन्जिनियर दिपक यादवले बताए । विभुषण उनकी आमा मञ्जु देवी यादवले बुझेकी छन् ।
०७७ असार अन्तिम साता आयोजनाको सुरुङ परीक्षणका क्रममा १७ नम्वर गेट फुटेपछि बाहिर निस्केको पानीको बहावले इन्जिनियर गोइत चढेको गाडी चालकसहित बगेको थियो । तीन दिनपछि इन्जिनिर गोइतको शव फेला परेको थियो ।
सरकारको लापरबाहीले आयोजनाको गेट फुटेपछि इन्जिनिर गोइत मृत्यु भएको भन्दै उनलाई शहिद घोषणा गर्न माग गर्दै देशभरका इन्जिनिरहरु आन्दोलनको गरेका थिए ।