जनकपुरधाम । प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भएको बारा २ मा केहिबेरमा मतगणना सुरु हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतले मतगणना सुरु गर्न सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकले विहान साढे ९ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको बुझिएको छ ।
बाराको कलैयास्थित शिक्षा तालिम केन्द्रमा कडा सुरक्षाबीच मतगणनाको व्यवस्थापन मिलाएको छ । तारजाली लगाएको मतगणना स्थलमा सिसि क्यामेरा समेत जडान भएको प्रजिअ सापकोटाले बताए ।
बारा २ मा आईतवार भएको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । त्यहाँबाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।