भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी


काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

नेपाली कांग्रेसका स्थानीय नेताले सिंहले अकूत सम्पत्ति आर्जन गरेको दाबी गर्दै सोबारे अनुसन्धान गर्न मागसहित अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

कांग्रेस छाडेर प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट चुनाव लडेर विजयी भएका सिंह पछिल्लो समय कांग्रेसप्रति आक्रामक ढङ्गमा प्रस्तुत हुँदै आएका थिए ।

यसैबीच सर्लाही कांग्रेसको जिल्ला कार्यसमिति सदस्य रहेका विकास ठाकुरले सिंहविरुद्ध उजुरी दर्ता गरेका हुन् ।

राजनीतिक जीवनमा राजनीतिबाहेक अन्य पेसा व्यवसायमा समेत संलग्न भएका सिंहले अकुत सम्पत्ति जम्मा गरेको ठाकुरले आफ्नो उजुरीमा दाबी गरेका छन् ।

प्रकाशित : २०८० बैशाख २५, सोमबार १६:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ