Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडे खोज लेखक टुडे खोज
बैशाख २९, २०८०, ८:३४ AM
0
नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

काठमाडौँ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक गत मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका हुन् ।

मंगलबार काठमाडौँ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरूले पैसा उठाउने बिचौलिया भएको प्रहरीले जनाएको छ । यही प्रकरणमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरूङ र सागर राई पक्राउ परिसकेका छन् ।

पक्राउ पुजी जारी भएका नेकपा (एमाले)का टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरजसहित नौ जना फरार रहेका प्रहरीको भनाइ छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक र पूर्वगृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ जना नेपालीसँग १० देखि ५० लाख रूपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । यस प्रकरणमा नेपाली कांग्रेस नेतृ एवम् सांसद आरजु राणा देउवा र मञ्जु खाणले पनि पैसा लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ ।

यो अडियोमा आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रूपैयाँ बुझाएको दाबी गरिएको छ । यो अडियोको विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

२०७६ जेठ ३० : भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन । कार्यदलको विज्ञ सदस्यका रूपमा गणेश केसी र सदस्य सचिवका रूपमा गृह मन्त्रालयका शाखा अधिकृत दीपकप्रसाद न्यौपाने नियुक्त भए । बिचौलिया समूहको स्वार्थअनुसार कार्यदल गठन भएको पुष्टि भइसकेको छ ।

२०७६ कात्तिक १ : कार्यदलको प्रतिवेदन पेस । तर, त्यो प्रतिवेदन सरकारले अझैसम्म सार्वजनिक गरेको छैन । सरकारले सार्वजनिक नगरेको प्रतिवेदनमा नेपालमा रहेका शरणार्थीलाई तेस्रो देशमा पुनःस्थापनका लागि सरकारले पहल गर्न सिफारिस गरेको थियो । बिचौलिया गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेर त्यसमा ८७५ जना नेपालीको नामसहितको अनुसूची थपेको हो । उनीहरूबाट जनही १० लाखदेखि ५० लाख रूपैयाँसम्म रकम उठाएर गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

२०७८ असोज १४ : गृह सचिवस्तरीय निर्णयबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा छुट शरणार्थीको विषयमा अर्को कार्यदल गठन ।

२०७८ मंसिर १३ : पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय । छुट शरणार्थी दर्ता गर्ने विषयले सरकारी मान्यता पाए पनि उनीहरूलाई तेस्रो देश पुनर्वास गराउने विषयमा कुनै पनि देशसँग सहमति भएको थिएन । यसका लागि सुझाव पेस गर्न भन्दै फेरि झापा प्रशासनलाई पत्र लेखियो ।

२०८७८ मंसिर १८ : कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गर्‍यो ।

२०७९ चैत १२ : नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित सानु भण्डारी र टंक गुरूङ पक्राउ ।

२०७६ चैत १५ : गिरोहमा संलग्न सागर राई पक्राउ

२०८0 वैशाख १९ : तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ । हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरूङ र सन्देश शर्मा पोखरेलको बयानको आधारमा प्रहरीले राईलाई प्रक्राउ गरेको हो । प्रहरीले यही दिन इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी गर्‍यो । रकम संकलनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको भनिएका निरज अहिले फरार छन् ।

२०८० वैशाख २० : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । त्यही दिन तत्कालीन ऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुजी जारी । सन्दीप त्यही दिन पक्राउ परे पनि टोपबहादुर अझै फरार ।

मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्र बसेर गिरोहको योजनाअनुसार नीतिगत निर्णयमा प्रभाव पार्दै आएका इन्द्रजितले भित्रका सबै सूचना र दस्तावेज गिरोहलाई उपलब्ध गराउँदै आएको र राईसहितको गिरोहले रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको आरोप छ । गिरोहका सदस्यका तर्फबाट टोपबहादुरका छोरा सन्दीपको नाममा काटिएको १ करोड ५० लाख रूपैयाँको चेक प्रहरीले बरामद गरिसकेको छ ।

२०८० वैशाख २६ : गिरोहमा संलग्नमध्ये काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ

२०८० वैशाख २७ : पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ । प्रहरी हिरासतमा रहेका सचिव पाण्डले पूर्वगृहमन्त्री खाणकोसमेत नाम लिएपछि आरोपितहरूको बयानका आधारमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।


सम्बन्धित समाचार

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

क्रिकेटर आशिफ शेखको घटना के हो ?

क्रिकेटर आशिफ शेखको घटना के हो ?

चिनियाँ राजदूत चेङ सोङ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

चिनियाँ राजदूत चेङ सोङ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध