रवि लामिछानेले घोषणा गरेअनुसार सय दिन नपुग्दै ल्याए पानी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा घोषणा गरेअनुसार पानी ल्याएका छन् ।

चितवन २ अन्तर्गत रामनगर, ठिमुरा, देवघाट, जुगेडि, भतेरिका स्थानीयका लागि पानी ल्याएको बताएका छन् ।

उनले घोषणा गरेअनुसार सय दिन नपुग्दै पानी ल्याएको बताए । पानी आएपछि भोलि औपचारिक उद्घाटन गर्ने समेत बताइएको छ ।

७.५ किलोमिटर टाढाको खोलाबाट पानी ल्याउन निरन्तर श्रमदान गर्नेप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित : २०८० असार ४, सोमबार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ