सप्तरी: खेतमा काम गरिरहेका बेला चट्याङ खस्दा किसान साहको मृत्यु


राजविराज । सप्तरीको खडग नगरपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खडग नगरपालिका १० वेल्हाका ४७ वर्षीय उमाकान्त साह रहेको प्रहरीले जनाएको छ ।

आफ्नो खेतमा काम गरिरहेका बेला वर्षासँगै चट्याङ पर्दा घाइते भएका साहलाई उपचारका लागि गजेन्द्र नारायण अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

प्रकाशित : २०८० असार १८, सोमबार १८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ