अपहरण गरी ५० लाख फिरौती मागेको आरोपमा सन्तोष पक्राउ


सुनसरी । अपहरण गरेर बन्धक बनाएको र ५० लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बराहक्षेत्र नगरपालिका–५ बस्ने २९ वर्षीय सन्तोष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी टोलीले बस्नेतलाई धरानबाट उदयपुर तर्फ भाग्दै गर्दा aराहक्षेत्र–१ स्थित झण्डाचोकबाट गत असार २५ गते पक्राउ गरेको र सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्ने अनुमति पाएपछि बिहीबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारीसमेत रहेका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार गत वैशाख २५ गते वराहक्षेत्र–५ का सौगात भण्डारी, सोही ठाउँका छविलाल आचार्य, हरि आचार्य र सुनिल गिरीसहित ४ जनाको टोली घरायसी सामान खरिद गर्न भारतीय सीमा क्षेत्रमा रहेको बेला बजारमा गएका थिए ।

बजार गएकामध्ये छविलाल र सौगात चढेको मोटरसाइकल नियन्त्रणमा लिएर इम्तियाज भन्ने व्यक्तिसहित ७ जनाको टोलीले पेस्तोल देखाउँदै उनीहरूको अपहरण गरेको आरोप लागेको छ ।

अपहरणपछि बन्धक बनाएर सौगात भण्डारीको परिवारसँग गत वैशाख २६ गते फिरौतीबापत ५० लाख रुपैयाँ माग गरेका थिए । माग गरेजति फिरौती नबुझाएका ज्यान मार्नेसमेत धम्की दिएपछि भण्डारीको परिवारले तत्काल १ लाख ५० हजार रुपैयाँ अपहरणकारीको समूहलाई बुझाएका थिए ।

अपहरणकारीलाई फिरौती बापत १ लाख ५० हजार बुझाए पनि अपहरणकारीले मुक्त नगरेपछि बन्धक अवस्थामै छविलाल र सौगात गत वैशाख २७ गते अपहरणकारीको हातबाट भागेर नेपाल आउन सफल भएका थिए । उनीहरूले नेपालमा आएपछि प्रहरीमा उजुरी दिएका थिए ।

प्रकाशित : २०८० असार २८, बिहीबार १४:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ