महोत्तरीसहित ६ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौं । पछिल्लो चौबिस घन्टामा ६ जिल्लामा भारी वर्षा मापन भएको छ ।

जल तथा मौसम विज्ञान विभाग,बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, नवलपुर, नवलपरासी, तनहुँ, कास्की र महोत्तरीमा भारी वर्षा मापन भएको हो ।

महोत्तरीमा पछिल्लो एक घन्टामा ६० मिलिमिटर वर्षा हुँदा तीन घन्टामा १२० मिलिमटर वर्षा मापन भएको छ।

कास्कीमा पछिल्लो चौबिस घन्टामा १६६.२, तनहुँमा १४९ मिलिमिटर, नवलपरासीमा १४३ मिलिमिटर, नवलपुरमा १४१.४ मिलिमिटर र पाल्पामा १३६.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

वर्षाका कारण विनयी, अरूण, गिरूवारी खोला लगायत ती जिल्ला आसपास भएर बहने खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले यात्रामा निस्कने तथा डुबान भइरहने होचो भुभाग तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित : २०८० असार ३०, शनिबार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ