पर्सा । घुसहित पक्राउ परेका जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर दोषी ठहर भएका छन् ।
घुससहित पक्राउ परेका कम्प्युटर अपरेटर सञ्जयकुमार यादवलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।
उनलाई बिशेष अदालतका न्यायाधीश यमुना भट्टराई, शालिग्राम कोईराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रबार दोषी ठहर गरेको हो ।
यादवलाई पाँच हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २०७९ साद असोज ३१ पक्राउ गरेको थियो ।
यादवविरुद्ध अख्तियारले अनुसन्धानपछि २०७९ साल पुस २२ गते बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।