काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले पत्रकार सम्मेलनमार्फत पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँले घटेर क १६१.५०, ख १६३ र ग १६४ रुपैयाँमा झरेको छ ।
त्यस्तै, मट्टितेल र डिजेलमा ४ रुपैयाँ घटाइएको छ भने एलपी ग्यासमा १० रुपैयाँ घटेको छ । डिजलकाे नयाँ मूल्य क १४३.५०, ख १४५ र ग १४६ रूपैयाँ पुगेकाे छ ।
अब एलपीजीकाे नयाँ मूल्य १७९० रूपैयाँ कायम भएकाे छ ।