एमाले नेतृ रेखा झाविरुद्ध विनय यादवले दर्ता गराए साइबर व्यूरोमा उजुरी


जनकपुर । राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिले नेकपा एमालेकी नेतृ रेखा झालाई कारबाही गर्न माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ ।

समितिका संयोजक विनय यादवले झा विरुद्ध सोमबार उजुरी दर्ता गराएका छन् । झाले सामाजिक सञ्जाल फेसबुकमा राष्ट्र विरोधी पोष्ट राखेकाले उजुरीमा कारबाही गर्न माग गरिएको छ ।

नेपाललाई ब्रिटिस सम्राज्यको अंग देखाउने तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान नेपालको नक्साबाट गायव पार्ने काम झाले गरेको जनाइएको छ।

अभियानले यस अघि विज्ञप्ति जारी गरेर पनि झालाई कारबाही गर्न माग गरेको थियो । नेपाललाई ब्रिटिश सम्राज्यको हिस्साको रूपमा झुठो चित्रण गर्न शेयर गरेको नक्सालाई तुरुन्तै हटाइ माफी माग्न अभियानले आग्रह गरेको थियो ।

प्रकाशित : २०८० श्रावण २, मंगलवार ०८:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ