काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललेले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरिक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन् ।
महानिरिक्षक अर्यालले कोही व्यक्ति विशेषले गरेको भएपनि सञ्जालकै रुपमा भने तस्करी नभएको बताए । उनले त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने पनि बताए ।
उनले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रुपमा लिएर सीमानामा सशस्त्र प्रहरी बलको पोष्ट राख्नुपर्ने बताए ।
महानिरिक्षक अर्यालले कानून व्यवहारिक हुन नसक्दा सर्वसाधारणहरु कानुनी कारबाहीको दायरामा पर्ने गरेका बताए । उनले आफूहरुले व्यवहार हेरेर भन्दापनि कानून हेरेर अगाडी बढ्नुपर्ने भन्दै व्यवहारिक कानून नहुँदा समस्या पर्ने गरेको बताए ।