सिरहा । औरही अस्पतालको इमरेजन्सी शाखामा बिग्रेको पंखा पनि मर्मत नगराउँदा उपचार गराउन पुग्ने विरामीहरु समस्या झेल्न बाध्य भएका छन् ।
अस्पतालको इमरजेन्सी शाखाको विरामी उपचार गर्ने कोठामा २ वटा सिलिङ पंखा लागेको छ । तर दुबै पंखा बिग्रेको महिनौं वितिसक्यो । तर पंखा मर्मत गराउन जनप्रतिनिधिले चासो देखाएका छैनन् ।
आईतवार इमरजेन्सीमा एक सिकिस्त विरामी पुगे । जतिबेला प्रचण्ड गर्मी थियो । विरामीको अवस्था नाजुक रहेकाले आफन्त हाते पंखा चलाइरहेका थिए । पंखा किन नचलाएको भनेर विरामीका आफन्तले कर्मचारीमाथि कराएपछि बिग्रेको भन्ने जवाफ फर्काए ।
विरामीको अवस्था नाजुक रहेकाले स्वास्थ्यकर्मीले आफूले प्रयोग गर्ने पंखा र कुलर त्यहाँ लगेर चलाए । कर्मचारीले सुनाए, ‘पंखा मर्मत गर्न अस्पताल प्रशासन र जनप्रतिनिधिसँग पटक पटक आग्रह गरे । तर कसैले सुन्दैन ।’
अस्पतालमा पंखा मर्मत गराउन नसक्ने जनप्रतिनिधि र कर्मचारी भने एसीमा बस्छन् । गाउँपालिका अध्यक्ष शिवजी यादव र प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झाको कोठामा एसी छन् । अधिकृत झा कहिलेकाही मात्र कार्यालय आउँछन् । तर एसी पुरानो भएको भन्दै केहिदिन अगाडी मात्रै डेढ डनको नयाँ एसी लगाए ।
अस्पतालमा पंखा बिग्रेपछि विरामीहरु समस्यामा परेका बेला जनप्रतिनिध र कर्मचारी सुविधाभोगी देखिएका छन् ।
औरही गापामा विथिति, हेर्नुहोस् अन्य समाचारहरु :
औरही गापा : कमिशनमा कुरा मिलेपछि अधिकृत फर्किए, प्रहरी खटाएर चेक बाँडिदै