काठमाडौं, २४ भदौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई डेंगुको आशंका गरिएको छ । केहि दिनदेखि अस्वस्थ गौतमको स्वास्थ्य परीक्षण गर्दा डेंगुको लक्षण देखिएको हो ।
नेता गौतमको हिजो (सोमबार) टेकु अस्पताल स्वास्थ्य परीक्षण गरिएको थियो । लगातार ज्वरो आएको र अधिंकाश लक्षण डेंगुको सँग मिल्दो जुल्दो रहेको चिकित्सकले बताएका छन् । गौतम केहिसमय अघि सिंगापुर गएको र त्यहीबाट नेता गौतममा पनि सरेको हुनसक्ने अनुमान गरिएको छ। सिंगापुरमा डेंगुको महामारी फैलिएपछि त्यहाँको सरकारले आपतकाल घोषणा गरेको थियो ।
पछिल्लो समय नेपालमा पनि डेंगुको संक्रमण बढ्दो छ । यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो। त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ। रुइतको परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको जनाइएको छ । यस अघि सरुवा अस्पतालमा समेत दुइ चिकित्सक सहित १३ जनालाइ डेंगु लागेको थियो ।