‘विद्यालयहरुको सबलीकरणका लागि १० वर्ष रणनीतिक योजना’


हेटौंडा, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयहरुको सबलीकरणका लागि १० वर्षको रणनीतिक योजना लागू गरिएको बताएका छन् ।

शनिबार हेटौंडामा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुदृढीकरण विषयक प्रदेशस्तरीय अन्तरक्रियामा उनले विद्यालयको गुणात्मक सुधार र सुशासनका लागि पूर्वाधारको विकाससँगै योग्य शिक्षकको भर्नाका लागि नीतिगत सुधारमा जोड दिइएको बताए ।

अन्तरक्रियामा प्रदेश नम्बर–३ का १३ ओटै जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षाविद्लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २०७६ भाद्र २८, शनिबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ