काठमाडौं, २३ असोज । संघिय संसदको प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जवरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी सुचना टाँसेर गराएको छ ।
संसदमा महासचिव मनोहरप्रसाद भट्टराईले विहिबार एक सुचना जारी गर्दै महरालाई पक्राउ गरिएको जानकारी गराएका हुन् । यो सुचना सगै महराको सासद पनि गुमेको छ । उनी निलम्वनमा परेका छन् ।
१९ गते प्राप्त भएको लिखित पत्रपछि आज संसद सचिवालयले सुचना प्रकाशित गरेको हो । प्रतिनिधि सभाको नियमावलीको नियम २४४ अनुसार उक्त सुचना प्रकाशन गरिएको हो । उक्त नियमावलीमा प्रतिनिधि सभाको सदस्य पक्राउको जानकारी दिने व्यवस्था रहेको छ ।
उक्त व्यवस्था अनुसार महासचिवले सभामुखवाट राजिनामा दिएपछि संसद पदमा कायम रहेका महरालाई पक्राउ गरेको जानकारी गराएको हो । हिरासतमा रहेका महरा विरामी भएपछि अस्पताल भर्ना गराएको छ ।