महरा र रोशनीको फेरेन्सिक जाँच, यस्ताे छ रिपाेर्ट !


काठमाडौं, २८ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट बलात्कार प्रयास भएकी आरोप लागेकी रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको पुष्टि भएको छ ।

त्रिवि शिक्ष्ण अस्पताल महाराजगंजमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिरी मानिसको संलग्नता देअिएको उच्च स्रोतले जानकारी दियो ।प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शिक्षण अस्पताल लगेर परीक्षण गराइएको थियो ।

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संलग्नताका लागि गरिएको रोशनीको ‘फेरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ ।

त्यस्तै रोशनीमाथि बलात्कार प्रयास आरोपमा निवर्तमान सभामुख महरा १असोज १९ गते बालुवाटारस्थित निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि अस्पतालमै स्वास्थ्य परीक्षण गरिएको थियो । महराको पनि फेरेन्सिक जाँच गरिएको थियो । उनको स्वास्थ्य परीक्षण प्रतिवेदन आइनसकेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित : २०७६ आश्विन २८, मंगलवार ०५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ