जनकपुरधाम । नेपाली काँग्रेसका नेता बिमलेन्द्र निधीले धनुषा क्षेत्र नम्वर ३ बाट चुनाव नलड्ने भएका छन् ।
धनुषा ३ बाट यो पटक पुनः लोसपाका बरिष्ट नेता राजेन्द्र महतो लड्ने भएकाले निधीले चुनाव नलड्ने मुड बनाएका हुन् । स्रोतका अनुसार उनी समानुपातिकमा जान तयार भएका छन् ।
०७४ को निर्वाचनमा निधी महतोबाट पराजित भएका थिए ।