काठमाडौं, ९ भदौं । राष्ट्रिय जनता पार्टीका सांसद महिन्द्र राय यादवले नेपाल भारत प्रबुद्ध समूहलाई पुनर्गठन गर्नुपर्ने माग राखेका छन् ।
नेपाल र भारतका प्रबुद्ध व्यक्तिहरूको समूह एक वर्षअघि नै काम सकेर विघटन भइसकेको छ । उसले प्रतिवेदन तयार पारेर दुवै मुलुकका प्रधानमन्त्रीहरूलाई बुझाउन बाँकी छ । यस्तो अवस्थामा राजपा सांसद यादवले इपिजीको गठनप्रति नै प्रश्न उठाएका हुन् ।
उनले नेपालको तर्फबाट मधेसको प्रतिनिधि नभएकाले इपिजीको गठनप्रति प्रश्न उठाएका हुन् । यादवले इपिजी पुनर्गठन गरेर मधेसको प्रतिनिधि राख्नुपर्ने माग गरेका हुन्। उनले यसअघि पनि यो विषय उठाउँदै आएका थिए ।