Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

टीकापुर थारु सम्मेलन : सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा, कमाण्डर बने ‘लक्ष्मण’

टुडे खोज लेखक टुडे खोज
भदौ ९, २०७६, १२:०३ PM
0
टीकापुर थारु सम्मेलन : सरकारविरुद्ध असहयोग आन्दोलनको घोषणा, कमाण्डर बने ‘लक्ष्मण’

टीकापुर, ९ भदौं । टिकापुरमा आयोजित थरुहटरथारुवान राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले थरुहट नेता लक्ष्मण थारुलाई कमाण्डर बनाएको हो । सरकारविरुद्ध असहयोगसहितका आन्दोलनका लागि लक्ष्मणको नेतृत्वमा ५१ सदस्यीय मोर्चा गठन गरिएको छ ।

सम्मेलनले सशक्त आन्दोलन सहितको थरुहटरथारुवानको आगामी कार्यदिशा तय गरेको छ । १५ बुँदे टीकापुर घोषणापत्र जारी भएको मोर्चाको प्रवक्ता मीनराज चौधरीले जानकारी दिए । मधेश आन्दोलनपछि छानबिन गर्न गठित गिरिशचन्द्र लालको विभिन्न प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग माग गरिएको उनले बताए ।

सम्मेलनले पुनः थरुहट आन्दोलनलाई नयाँ सिरामा पुर्‍याउनुको साथै पहिचान पक्षधरलाई एकताबद्ध गरेको घोषणा पत्रमा उल्लेख छ । हालको ७ प्रदेशको संरचना कुनै पनि हालतमा नमान्ने उद्घोष गर्दै जातीय पृष्ठभूमिको आधारमा पहिचान सहितको १० जोड १ को थरुहटरथारुवान स्वायत्त प्रदेश सीमांकन र नामांकन गरिनुपर्ने माग सारिएको छ

मोर्चाले तराईका जिल्लामा मुठी दान अभियान सञ्चालन गर्ने भएको छ । थरुहट शहीद परिवार, घाइते, राजबन्दी तथा परिवारको भरणपोषण तथा आश्रित बालबालिकाको शिक्षा दीक्षाको लागि थरुहट मुठीदान अभियान चलाउने सो घोषणा पत्रमा उल्लेख छ ।

यस्तै आदिवासी जनजातिको सूचीमा सूचीकृत हुन बाँकी मूलबासी तथा जातिलाई सूचीकृत गर्नुपर्ने, माघी पर्वलाई राष्ट्रिय पर्वको रुपमा मानेर सार्वजनिक बिदा दिनुपर्ने, अष्टिम्की, अट्वारीलगायत पर्वमा प्रदेश सरकारले स्थानीय बिदा दिनुपर्ने माग गरिएको छ ।

२०७२ भदौ ७ मा आन्दोलनकारीबीच भएको झडपमा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो भने भदौ ८ गते कर्फ्यू जारी भएकै अवस्थामा थारु समुदायका ८८ वटा घर, पसल, एफएमलगायत संरचनामाथि आगजनि भएपछि आन्दोलनमा शिथिलता आएको थियो ।

उक्त घटनामा संलग्न रहेको भन्दै सरकारले केयौं थारु नेताविरुद्ध मुद्दा चलाए । अहिले कमाण्डर बनेका लक्ष्मण थारु पनि सजाय काटेर जेलबाट निस्केका हुन् । सोही मुद्दामा रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको छ । रेशम अहिले जेलमा छन् ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध