Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

राजपा साँसदको प्रश्न– नागरिकता विधेयक कहाँ हरायो ?

टुडे खोज लेखक टुडे खोज
भदौ १०, २०७६, १:४० PM
0
राजपा साँसदको प्रश्न– नागरिकता विधेयक कहाँ हरायो ?

काठमाडौं, १० भदौ । राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मणलाल कर्णले नागरिकता विधेयक कहाँ हरायो भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै कर्णले भने, ‘नागरिकता विधेयक कहाँ हरायो रु संसदमा आएको सम्पत्ति सभामुखलाई पनि थाहा होला ।’

नागरिकता नभएर जनताले रोजगारीदेखि सिंहदरबार प्रवेश गर्न नपाएको उनले बताए । ‘नागरिकता विहीनको दशा के हुन्छरु पाँच लाख भन्दा बढीले रोजगारी, शिक्षा पाउन सकेका छैनन्। सिंहदरबारभित्र प्रवेश गर्न पनि पाएका छैनन्,’ उनले भने ।

नेकपाका कारण अड्किएको छ नागरिकता विधेयक

नेपाल कम्युनिष्ट पार्टीले नागरिकता सम्बन्धी विधेयक तत्काललाई अघि नबढाउन भनेपछि उपसमितिले ४ महिनासम्म काम नगरेको पाइएको छ। ६ महिना छलफल गरेपछि संसदको राज्यव्यवस्था समितिले नागरिकता विधेयकका विवादित विषय टुंगाउन चैतमा उपसमिति बनाएको थियो ।

१५ दिने म्याद दिएर बनाइएको उपसमितिले ४ महिनासम्म कुनै काम गरेको छैन ।नागरिकतासम्बन्धी विधेयक कहाँ पुग्यो भन्ने प्रश्नमा उपसमिति संयोजक विजय सुब्बाले कतै नपुगेको बताए । ‘पार्टीले अहिले नागरिकतासम्बन्धी विधेयक अघि नबढाउनु अरू बिधेयक टुंगाउनु भन्यो, अरू विधेयकमाथिको छलफल गर्दागर्दै समय पनि मिलाउन सकिएन, त्यसैले अघि बढाउन नसकिएको हो,’ उनले भने ।

विवादित विषयमा सबै पार्टीका शीर्ष नेतासँग छलफल गरी सहमति जुटाउने कार्यभार उपसमितिलाई दिइएको थियो । तर शिर्ष नेतासँग सहमति जुटाउने त परको कुरा उपसमितिले पर्याप्त छलफल समेत गरेन । ‘साथीहरूले मिल्ने कुरै गर्नुहुन्न आफूले भनेको मात्रै हुनुपर्छ भनेर गएपछि विवाद समाधान हुँदैन, संयोजकले आफ्ना कुरा राख्न मिल्दैन बरू समितिमै पठाए आफ्ना कुरा त राख्न पाइन्छ,’ उनले भने ।

सामान्य छलफल गरेर उपसमितिले यो विधेयकलाई संसदको राज्यव्यवस्था समितिमै फर्काउने भएको छ। ‘जति काम भएको छ त्यतिकै प्रतिवेदन बुझाउन सभापतिले भन्नुभएको छ । बुझाउन पनि अलिअलि त चाहियो नि त्यसैले अब छलफलपछि समितिमा पठाउँछौं,’ उनले भने ।

वैवाहिक अंगीकृत नागरिकता कसरी दिने, सम्बन्धविच्छेद भैसकेपछि नागरिकतामा भएको पूर्वपतिको थर फेर्न पाउनेरनपाउने लगायतका विवाद १५ दिनमा टुंगाउनुपर्ने काम उपसमितिले पाएको थियो । नेपाली नागरिकसँग विहे गरी आएकी विदेशी महिलाले अंगीकृत नागरिकता पाउन केही वर्ष कुर्नुपर्ने व्यवस्था राख्ने कि नराख्ने विषयमा उपसमितिमा सामान्य छलफल मात्र भएको छ ।

नेपाली नागरिकसँग विहे गरी आएका विदेशी पुरूषलाई अंगीकृत नागरिकता दिने कि नदिने भन्ने विषय भने विधेयकमै छैन । एउटालाई दिने अर्कोलाई नदिने गर्दा असमान हुने भन्दै नेपाली महिलासँग विहे गरी आएका पुरूषलाई पनि निश्चित समयपछि अंगीकृत नागरिकता दिनुपर्ने आवाज संसदभित्र र बाहिर उठीरहेको छ ।

कतिपयले भने राष्ट्रियता खतरामा पर्ने भन्दै विदेशी पुरूषलाई वैवाहिक अंगीकृत नागरिकता दिन नहुने भन्दै आइरहेका छन् । सरकारले १ वर्ष अघि नागरिकतासम्बन्धी विधेयक संसदमा पेश गरेको थियो ।

बावुको पहिचान नभएको पुष्टी भएकालाई आमाको नामबाट मात्र नागरिकता दिने, विदेशीबाट जन्मिएका नेपाली महिला नागरिकका सन्तानलाई अंगीकृत र पुरूष नागरिका सन्तानलाई वंशजकै नागरिकता दिने, नेपाली महिलासँग विहे गरी आएका विदेशी पुरूषलाई नागरिकता नदिने तर नेपाली पुरूषसँग विहे गरी आएका महिलाले चाहेमा भोलिपल्टै नागरिकता लिन सक्ने जस्ता विभेदकारी व्यवस्था भएको भन्दै विधेयक विवादमा परेको थियो ।

समितिमा ६ महिनासम्म छलफल गर्दा पनि यी व्यवस्था जस्ताको तस्तै छन् । संविधानमै यस्ता प्रावधान भएकाले संविधान संसोधन गर्नुपर्ने राजनीतिक दलहरूका कतिपय नेताको भनाई छ ।

कतिपयले भने विभेदजन्य व्यवस्था हटाएर विधेयकलाई नै प्रगतीशील बनाउन सकिने बताउँदै आएका छन् । तर नागरिकताका यस्ता प्रावधानबारे आफ्नो धारणा के हो भनेर कुनै पनि राजनीतिक दलले स्पष्ट पारेका छैनन् । – सेतोपाटी

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध