Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट

टुडे खोज लेखक टुडे खोज
भदौ ११, २०७६, ३:२६ PM
0
इण्डियन पुलिस सर्भिस तालिममा नेपाल प्रहरी उत्कृष्ट

काठमाडौं, ११ भदौं । भारतमा सम्पन्न इण्डियन पुलिस सर्भिस (आइपिएस) तालीममा नेपाल प्रहरी उत्कृष्ट भएको छ । भारतमा सम्पन्न आइपिएस तालीम–२०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्य प्रशिक्षार्थी हुनुभएको हो ।

उत्कृष्ट भएसँगै खड्का ‘आइपिएस एशोसियशन अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत हुनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त तालीममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी तीन विधामा पुरस्कार हासिल गर्न सफल हुनुभएको छ । साथै, प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्विमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल हुनुभएको छ ।

पुरस्कृत प्रहरीलाई यही भदौ ७ गते आयोजित कार्यक्रममा भारतका गृहमन्त्री अमित शाहले पुरस्कार प्रदान गर्नुभएको थियो । विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधामा उत्कृष्ट भएको हो । करीब दुईवर्ष लामो अवधि रहेको उक्त तालीम छ महीनाको फिल्ड अट्याचमेन्टसहित दुई चरणमा सञ्चालन हुने गर्दछ ।

सन् २०१७ डिसेम्बरमा शुरु भएको उक्त तालीममा ९२ भारतीय प्रहरी, पाँच नेपाल प्रहरी र छ रोयल भुटान पुलिस गरी कूल १०३ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । हाल नेपाल प्रहरीबाट हरेक वर्षपाँच प्रहरी निरीक्षक उक्त तालीममा समावेश हुने गरेका छन् । सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालीममा हालसम्म ६० जना भन्दा बढी वरिष्ठ प्रहरी अधिकृतले भाग लिइसकेका छन् ।

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

धनुषामा शिक्षकबाटै ११ वर्षीया छात्रा बलात्कृत, प्रहरी घटना ढाकछोप गर्दै !

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

लोसपाको कार्यकारिणी समितिको बैठक बस्दै, सरकारबारे निर्णय लिने !

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा गठबन्धनको प्यानलै विजयी

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

मधेशका सबै वडामा अर्गानिक मलखादको साना उद्योग खोल्ने जर्मनी कम्पनीको प्रस्ताव

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध