कुकुर र गौहत्याको विरोधमा माइतीघरमा प्रदर्शन


काठमाडौं, १८ भदौं : कुकुर र गाईलाई बर्वर्तापूर्ण हत्या गरिएको भन्दै उक्त घटनाको विरोधमा काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध सभा आयोजना गरिएको छ।

खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरूपमा वर्वरतापूर्वक मारिएको र नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जंगलमा भीरबाट खसालेर मारिएको घटनाको विरोधमा माइतीघरमा विरोध सभा भएको हो।

स्नेहास केयरको आयोजनामा राजधानीमा निकालिएको विरोध सभामा हिन्दूहरूको आस्थाको पशु गाई र कुकुरलाई बर्बरतापूर्वक मार्ने अपराधीमाथि हदैसम्मको कारवाही गर्न माग गरिएको थियो। ‘कुकुर तिहार, गोवर्धन पूजा, पशुअधिकार किन धुजाधुजा???’, ‘पशुपन्छी अवोध प्राणी हुन् उनीहरूमाथि विवेकशील बनौँ’ लगायतका प्लेकार्ड बोकेका उनीहरूले चर्काचर्का नाराबाजीसमेत गरेका थिए।

प्रकाशित : २०७६ भाद्र १८, बुधबार १४:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ