Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

एसिड आक्रमण : ‘बेटी पढाऊ, बेटी बचाऊ’माथि उठ्यो प्रश्न

टुडे खोज लेखक टुडे खोज
भदौ २२, २०७६, १:३८ AM
0
वीरगञ्ज : विद्यालय जाने क्रममा १५ बर्षीया खातुनमाथि एसिड प्रहार

जनकपुरधाम, २२ भदौं । प्रदेश २ का सांसदहरुले विद्यालय छात्रामाथि एसिड प्रहार गर्नेमाथि कड कार्वाहीको माग गरेका छन् । उनीहरुले प्रदेशका छात्राहरुमाथि पटक–पटक एसिड प्रहार भइरहनुले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सार्थक बन्न सक्छ ? भनी प्रश्न समेत गरेका छन् ।

झण्डै तीन सातापछि शनिबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै सांसदहरुले बीरगंज १५ छपकैयामा १५ बर्षीया छात्रा मुस्कान खातुनमाथि दिनदहाडै एसिड प्रहार हुनुले प्रदेशको शान्ति सुरक्षा कमजोर भएको समेत बताए ।

सत्तासिन समाजवादी पार्टीकी सांसद भीमा यादवले निरन्तर प्रदेशका छोरीहरुमाथि एसिड प्रहार भइरहनु चिन्ताको बिषय भएको बताइन् । यो घट्ना बढ्नुले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सफल हुनेमा आशंका व्यक्त गरिन् ।

विद्यालय गइरहेकै समयमा छोरीहरुमाथि एसिड प्रहार हुनुले प्रदेशका छोरीहरु असुरक्षित बन्दै गएको बताउँदै उनले प्रदेश सरकारले छोरी लक्षित अभियान ल्याएपनि यो अभियानले काम गर्न नसकेको बताइएन् ।

समाजवादी पार्टीकै अर्काे सांसद करिमा बेगमले एसिड आक्रमण गर्नेमाथि कड कार्वाही गर्नुपर्ने बताइन् । उनले भनिन्, “यस्ता व्यक्तिलाई कठोर कार्वाही गर्न कानून निर्माण गर्नु जरुरी छ ।”

अर्काे सत्तासिन पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद गणेश कुर्मीले यसरी घट्ना भइरहे जनताले सरकारको अनुभूति गर्न नसक्ने भएकाले आफ्नो अनुभूति देखाउन प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद किशोरी साहले एसिड आक्रमणको घट्नाका दोषीलाई कार्वाही गर्न कड कानूनको आवश्यक्तामा जोड् दिए । उनले भने, ‘प्रदेशमा यस्ता घट्ना दोहोरिरहेकाले नियन्त्रण गर्न कड किसिमको कानून निर्माण गर्नु जरुरी छ ।’

नेपाली काँग्रेसका सांसद राजेश्वर प्रसाद साहले छोरीहरुमाथि लगातार एसिड प्रहार हुनुले प्रदेशको शान्ति सुरक्षा कमजोर रहेको छर्लङ्ग पारेको बताए । उनले शान्ति सुरक्षा राम्रो बनाउनेतर्फ ध्यान दिन प्रदेश सरकारको ध्यानाधकर्षण गराए ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध