Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

नेकपा प्रदेश २ को विवाद पुग्यो राजधानीसम्म

टुडे खोज लेखक टुडे खोज
भदौ २६, २०७६, १:२५ AM
0
नेकपा प्रदेश २ को विवाद पुग्यो राजधानीसम्म

जनकपुरधाम, २६ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ मा चुलिएको विवाद प्रदेशको राजधानीसम्म पुगेको छ । प्रदेश सभामा छलफलमा रहेको प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रस्तावको संशोधनका लागि तोकिएको म्याद बुधवार समाप्त भएको छ ।

नेकपाका साँसदहरुले नाम र राजधानी दुवैमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । सो पार्टीका साँसद सीता गुरुंग र शारदा थापाले प्रदेशको नाममा संशोधन प्रस्ताव दर्ता गरेका छन् । उनीहरुले दर्ता गरेको प्रस्तावमा प्रदेशको नाम जानकी हुनुपर्ने उल्लेख छ । राजधानीका लागि नेकपाका २ जना साँसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेकपाका साँसद रामचन्द्र मण्डल र किसोरी साहले प्रदेशको राजधानीको सीमा विषयमा छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका छन् । मण्डलले दर्ता गराएको प्रस्तावमा जनकपुरधामलाई राजधानी कायम गर्नुपर्ने छ । त्यसैगरि साहले दर्ता गरेको प्रस्तावमा जनकपुरधाम र सम्पूर्ण धनुषा जिल्ला, परिक्रमा मार्ग समेतलाई समेटिएको छ ।साहले दर्ता गरेकै आशयको प्रस्ताव सो पार्टीले पनि भदौ ५ गते दर्ता गराएको छ ।

शुक्रवार बस्ने प्रदेश सभा बैठकमा प्रस्तावहरु उपर पूनःछलफल हुनेछ । प्रदेशको नाम र राजधानीलाई सर्वसम्मतीबाट टुंग्याउन सभामुखको संयोजकत्वमा संसदीय समिति गठन हुने बताइएको छ । समाजवादी पार्टीबाट २, राजपाबाट २, नेकपाबाट २ र नेपाली काँग्रेसबाट २ र संघिय समाजवादी पार्टीका १ जना साँसदलाई राखिनेछ ।

एक महिनाको समयावधी राखेर बनाइने सो समितिले सर्वसम्मतीबाट नाम र राजधानी टुंग्याउने प्रयत्न गर्ने बताइएको छ । राजधानीका लागि खासै विवाद नरहेपनि नाममा समेत सहमति हुने व्यापक संभावना रहेको साँसदहरुले जनाएका छन् । प्रदेश सचिवालयका अनुसार राजधानीमा मण्डल र साहको संशोधन परेपनि नाममा कुनै संशोधन परेको छैन् ।

राजधानीका लागि दुई तिहाई भन्दा बढी नै मत पुग्ने भएपनि नाममा झमेला देखिन्छ । राजधानीका विषयमा ५ वटा र नामको विषयमा दलगत अधारमा प्रस्ताव दर्ता गरिएको छ । सत्तारुढ समाजवादी पार्टीका ३०, राजपाका २५ , संघिय समाजवादी पार्टीका १ र स्वतन्त्र १ समेत गरी सरकारसित ५७ मत छ । नेकपाको ३२, नेपाली कांग्रेसको १९ मत छ । दुई तिहाईका लागि ७२ मत आवश्यक छ ।

राजधानीका लागि समाजवादी, राजपा र नेकपाको प्रस्ताव मिल्दोजुल्दो रहेकाले दुई तिहाई भन्दा बढी मत पर्ने संभावना छ । तर नाममा सहमति जुटाउन झमेला छ । प्रदेशको राजधानी र नामको मतदानमा पार्टीको व्हिप नलाग्ने भएका कारण ‘फ्लोर क्रस’ हुने संभावना व्यापक छ । नेकपा र नेपाली काँग्रेसको मत नाम र राजधानीमा बाँडिए जस्तै सत्तारुढ दलहरुको मतपनि राजधानीमा बाँडिन सक्छ ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध