Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जानकी मन्दिर तोडफोडमा मुछिएका ८ जनालाई अदालतको सफाइ

टुडे खोज लेखक टुडे खोज
भदौ २९, २०७६, १:२३ PM
0
जानकी मन्दिर तोडफोडमा मुछिएका ८ जनालाई अदालतको सफाइ

जनकपुरधाम, २९ भदौं । जानकी मन्दिर तोडफोड मुद्दाको जिल्ला अदालत धनुषाले आइतबार चार वर्षपछि फैसला सुनाएको छ। घटनामा मुछिएका तत्कालीन मधेस आन्दोलनका ८ जना अगुवाले सफाइ पाएका हुन् ।

तत्कालीन मधेस क्रान्ति संघर्ष समितिका संयोजक नवीन यादव, रामजी राय, सुशील कर्ण, सिलादेवी झा, विमला साह, सीता चौधरी, अशोक परसैला र विवेक चन्द्र अधिकारी सफाइ पाएका हुन् । अदालतबाट सफाइ पाएलगत्तै उनीहरू एकआपसमा अदालतमै खुःशीयाली मनाएका छन् ।

न्यायाधीस राजेश कुमार कटुवालले मुद्दाको सुनवाइ गर्दै घटनामा संलग्न सबैलाई सफाइ दिएका छन्। अदालतका श्रेस्तेदार यज्ञप्रसाद आचार्यले मन्दिर तोडफोड गरेको भनिए पनि पुरातात्त्विक विभागले गरेको अनुसन्धानबाट त्यसो भएको नपाएको प्रतिवेदन अदालतमा पेस गरेको आधारमा मुद्दाको फैसला गरिएको बताए ।

राजनीतिक ुसेटलमेन्टु गर्न त यस्तो फैसला आएको होइन भन्ने जिज्ञासामा उनले मुद्दा अदालतमा आइसकेपछि राजनीतिक हिसाबले फैसला नहुने गरेको बताए ।

‘जानकी मन्दिर हिजो जुन अवस्थामा थियो । आज पनि त्यही अवस्थामा छ। पुरातात्त्विक विभागले पनि तोडफोड नभएको रिपोर्ट दिएको छु उनले भने, ‘त्यसैले प्रतिवादीलाई सफाई दिएको हो । साथै यो अन्तिम फैसला पनि होइन्। सम्बन्धित पक्षको चित्त नबुझेको खण्डमा उच्च अदालत पनि जान पाउँछ नि ।’

२०७२ पौष १ गते विवाह पञ्चमीकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिर आएकी थिइन्। त्यतिबेला मधेस आन्दोलन चलिरहेको थियो । आन्दोलनकारीले राष्ट्रपति भण्डारीलाई कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको थियो ।

सोही क्रममा आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । तर, प्रशासनले जानकी मन्दिर तोडफोड भएको भन्दै १० जनाविरुद्ध प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएका मध्ये सरीता शर्माको ठेगाना र श्रीमानको नाम फरक पर्न गएपछि प्रतिउत्तर नै जोड्नु परेन ।

यस्तै, मुद्दा खेपिरहेका रामचन्द्र चौधरीको निधन भइसकेको छ। मुद्दा दर्ता भएका ८ जनामध्ये केही पक्राउ परेपछि ७० हजार धरौटीमा रिहा भएका थिए भने केही अदालतमा उपस्थित भए पनि ७० हजार नै धरौती बुझाएर छुटेका थिए ।

– थाहा खबर

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध