Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

भाइ मृत्युको रहस्य पत्ता नलाग्दै दाजुको हत्या

टुडे खोज लेखक टुडे खोज
अशोज ५, २०७६, ९:३१ AM
0
भाइ मृत्युको रहस्य पत्ता नलाग्दै दाजुको हत्या

समय : दिनको १:३० बजे
स्थान : ओमसतिय गाँउपालिका ५, पठ्खौली, रुपन्देही

गाँउको बीचमा एउटा घर। आँगनमा एउटा सानो गमला। गमलाभित्र पानी। त्यही पानीमा भिजाइएको छ, सुकेका खुर्सानी ।

छेउमा लोहोरो र सिलौटो छ। सिलौटो उल्टो। घर बाहिरको दलानमा मात्र महिला । सबै भावविह्वल । घरभित्र महिलाको अर्को समूह पनि छ। त्यहाँका महिलाहरू रोइरहेका छन् । गाउँका चोकहरू सुनसान छन् । एकले अर्कोसँग घटनाबारे कानेखुसी गरेजस्तो दृश्य देखिन्थ्यो ।

रुपन्देही सदरमुकाम भैरहवादेखि झन्डै १२ किलोमिटरको दुरीमा रहेको छ ओमसतिया ५ मा पर्ने पठखौलीको घटना हो यो । स्थलगत रिपोर्टिङका लागि सो गाउँमा पुगेका बेला शवको अन्तिम संस्कार गर्न गाउँका सबैजसो पुरुषहरू घाटतिर गइसकेका थिए। गाँउमा महिला मात्र भेटिए ।

०००

सो घरका घरमूली ४२ वर्षीय महेन्द्र चौधरी आइतबार बिहान श्रीमती र काखे छोरालाई बाईकमा राखेर सदरकुमाम भैरहवा निस्किएका थिए। भैरहवामा रहेको हिमालयन बैंकमा पैसा निकाल्न उनी श्रीमती र ८ महिनाको दुधे बालकलाई लिएर भैरहवा पुगेका उनी बैंकबाट पैसा निकालेर दिउँसो डेढ बजेतिर भैरहवाबाट घरतर्फ फर्किँदै थिए। तर बैंकबाट पैसा निकालेका उनी घर पुग्नै पाएनन्।

चौधरीलाई रोहिणी ३ बसन्तपुरमा दिनदाहडै गोली हानेर हत्या गरियो। उनको घटनास्थलमै मृत्यु भयो । दुई जनाको लुटेरा समूहले उनलाई तीन राउन्ड गोली हानेर उनले बैंकबाट निकालेको ५ लाख रुपैयाँ नगद, नागरिकता, चेकबुक लगाएतका सामान लुटेर भागेको मृतककी १६ वर्षिया छोरी सोनम चौधरीले उल्लेख गरिन्।

विदेशमा बसेर कमाएको पैसा उनले बैंकमा राखेका थिए। सन्तति सुरक्षा प्राथमिकतामा राख्ने चौधरीले ८ महिने छोराको बिमा गर्नका लागि वर्षौंसम्म मरुभूमिमा कमाएको पैसा निकालेका थिए ।

स्पाङगल बोडिङ स्कुल कक्षा १० पढ्दै गरकी छोरी सोनमले बुबालाई आफ्नै आन्टी (काकी)को योजनामा हत्या गरिएको दाबी गरेकी छन् । उनले भनिन्- मेरा अंकल धमेन्द्र चौधरीको २०७४ साल कार्तिकमा मृत्यु भयो । के कारणले मृत्यु भन्ने अहिलेसम्म खुलेको छैन । अंकलको मृत्युपछि आन्टी घरमा बस्न छाड्नु भयो । उहाँले माइतमा बसेर विभिन्न मान्छे लगाएर हमीलाई धम्काउने गर्नु हुन्थ्यो । उहाँले नै बुबालाई हत्या गर्न लगाउनु भयो ।’ उनले आफ्नै आन्टी मालती चौधरीका कारण बुबाको हत्या भएको दाबी गर्दै घटनाको छिट्टै सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन् ।

०००

मृतकका भाइ धमेन्द्र चौधरीको मृत्यु अहिलेसम्म पनि रहस्यमय छ। उनको हत्या भयो वा दुर्घटनामा परी मृत्यु भयो भन्ने विषय अहिलेसम्म पुष्टि भएको छैन। प्रहरीले धर्मेन्द्रको मृत्युको कारण दुर्घटना भने पनि परिवारले त्यसलाई स्वीकार गरेका छैनन्। यस घटनाको न त गाउँलेले नै पुष्टि गरे, न त प्रहरी प्रशासनले नै।

एउटा छोराको मृत्युको घटनाको पुष्टि हुन नपाउँदै अर्को छोराको गोली हानी हत्या भएपछि बाबु कृष्णलाल चौधरी अर्धचेतमा छन् । उनले अहिले केही मेसो पाएका छैनन् ।

अर्धबेहोस अवस्थाका उनले छोराका हत्यारालाई कडाभन्दा कडा कारबाही माग गरेका छन्। उनमा पीडाको कुनै सिमा छैन । तर जति पीडा भएपनि वा जतिसुकै मानसिक दबाबमा भए पनि मानिसले बाध्यता परेपछि जस्तोसुकै काम नगरी नहुने रहेछ। छोरा महेन्द्र चौधरीको काजकिरिया उनलै सुरु गरेका छन् ।

दुवै छोरा गुमाएका कृष्णलाललाई अब कसको आशमा बाँकी जीवन बिताउने भन्ने पीडाले सताएको छ । सामान्य आर्थिक अवस्था रहेको परिवारमा आर्थिक समस्या देखिएको छ ।

बुबाको मृत्युपछि आफ्नो र बहिनीको पढाई कसरी चल्छ भन्नेमा छोरी सोनमले चिन्ता व्यक्त गरेकी छिन्। उनले रुन्चे स्वरमा भनिन्, ‘मैले कक्षा १० मा पढ्छु, बहिनीले कक्षा १ मा पढ्छिन्। अब हाम्रो परिवार कस्तो हुन्छ ! अब हामीलाई कसले हेर्छ !’

०००

मृतक चौधरीको घरमा अहिले २ छोरी, एक छोरा, श्रीमती र बुबाआमा छन्। भाइ धर्मेन्द्रको २ वर्षअगाडि नै मृत्यु भएको थियो। भाइका छोराछोरी र बुहारी माइतमा बस्दै आएका छन्। घरमा नबस्ने तर माईतमा बसेर अनेक दुःख दिने गरेको परिवारको आरोप छ। जेठाजुको हत्या भएको २४ घन्टासम्म पनि भाइबुहारी मालती चौधरी घर नआएको परिवारले जनाएको छ।

छोराको मृत्युपछि बुहारीले माइतमा बसेर खेत आफ्नो नाममा गरिदिनका लागि दबाब दिँदै आएको मृतकका परिवारले बताएको छ। तर उनले भने घरमा आएर बसे खाने व्यवस्था गरिदिने तर खेत कान्छी बुहारीका नाममा गरिदिन अस्वीकार गर्दै आएका थिए। सासुससुरा फकाउन उनले सहर बस्ने योजना पनि सुनाउने गरेको मृतकका परिवारले दाबी गरेका छन्। तर उनले भने अर्का छोराबुहारीसँगै बस्दै गरेको र आफ्नो जग्गाजमिन समेत गाउँमै भएको भन्दै उनको प्रस्ताव अस्वीकार गरेको बताए।

०००

प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले जिल्लामा शान्ति शुरक्षाको अवस्था बिग्रिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले दिनदाहडै गोली खाएर मान्छेको मृत्यु हुनु सामान्य कुरा नभएकाले स्थानीय प्रहरी प्रशासनले अपराधीलाई तत्कालै खोजी कडा भन्दा कडा कारबाही गर्न माग गरे। एकरदुई दिनमा प्रहरीले अपराधीलाई नसमाते स्थानीयले आन्दोलन चर्काउने चेतावनी उनले दिए।

ओमसतिया गाँउपालिकाले घटनाको भत्सना गर्दै हत्यारालाई कानुनी कठघरामा ल्याउन माग गरेको छ। गाँउ कार्यपालिकाको सोमबार बसेको आकस्मिक बैठकले अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मृतकको काजक्रियाका लागि गाँउपालिकाले ५० हजार सहयोग गर्ने निर्णय गरेको अध्यक्ष हिरा केवट (राहुल)ले जानकारी दिए।

यता प्रहरीले भने घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको बताएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको सुक्ष्म अनुसन्धान जारी राखेको र केही दिनमै अपराधी पक्राउ गर्ने जनाएको छ।

  • नेपाल लाइभबाट

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध