Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

धनुषा प्रहरीको सफलता : पोने २ करोड रकम चोरी गर्ने कर्मचारी फन्दामा

टुडे खोज लेखक टुडे खोज
अशोज १३, २०७६, १:२२ PM
0
धनुषा प्रहरीको सफलता : पोने २ करोड रकम चोरी गर्ने कर्मचारी फन्दामा

जनकपुरधाम, १३ असोज । किर्ते हस्ताक्षर गरेर करिब पौने २ करोड रुपैयाँ बैंकबाट निकालेर फरार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सिटिइभिटी प्रदेश २ अन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीमा सञ्चालित बीपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युटस्थित करारका कर्मचारी प्रविण कुमार ठाकुरलाई धनुषाले प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ परेका ठाकुर महोत्तरीको महोत्तरी गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् ।

सिटिइभिटी प्रदेश कार्यालयका लेखापाल ब्रह्मदेव ठाकुर र इन्स्टिच्यूटका लेखापाल सन्तोष यादवको किर्ते हस्ताक्षर गरी फरक फरक मिति र चेक काटेर बैंकबाट रकम निकालेका थिए ।

कार्यालयले थाहा पाएपछि ठाकुर २०७४ साउन पहिलो सातादेखि सम्पर्कविहीन भए । त्यसपछि कार्यालयले साउन १४ गते उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो ।

बैंकबाट पटक पटक गरी इन्स्टिच्युटको १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकालेर फरार भएका ठाकुरलाई मुखियापट्टी मुसहरिनया गाउँपालिका–३ तुलसियाहीबाट आइतवार पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

उनका अनुसार ठाकुरले लेखापाल यादवको किर्ते हस्ताक्षर गरी विभिन्न बैंकबाट ६२ लाख ५६ हजार ९ सय र अर्का लेखापाल ठाकुरको किर्ते हस्ताक्षर गरी १ करोड १५ लाख ४५ हजार विभिन्न बैंकबाट निकालेका थिए ।

एसपी खनालले पक्राउ परेका ठाकुरविरुद्ध चोरी तथा लिखतसम्बन्धी कसुर मुद्दा दर्ता गरी कारबाही थालिएको जानकारी दिए । ‘किर्ते हस्ताक्षर गरी निकालेको रकम फेला परेको छैन । यस विषयमा आवश्यक अनुसन्धान गरिरहेका छौं’, खनालले भने ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध