तत्कालीन सभामुख महरालाई आजै पक्राउ गर्ने तयारी


काठमाडौं, १९ असोज । बलात्कार प्रयासको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।

पीडित भनिएकी महिला रोशनी शाहीले शुक्रबार किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई पक्राउ गर्ने तयारी गरेको हो । ‘सम्भवत केही समयभित्र उहाँ पक्राउ पर्नु हुनेछ’, प्रहरी स्रोतले भन्यो, ‘जरुरी पक्राउ पुर्जी थमाएर महरालाई पक्राउ गर्ने तयारी प्रहरीको छ ।’

पक्राउ पुर्जी अदालतले जारी गर्छ । कसैलाई तत्कालै पक्राउ गर्नु्परे प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पछि अदालतबाट पक्राउ पुर्जी लिने गर्छ। तर अदालत हाल बन्द रहेकाले म्याद थप लगायतका काम दसैँपछि मात्र हुनेछ ।

प्रहरीले अदालतलाई जानकारी नदिई पनि २४ घन्टासम्म हिरासतमा राख्न सक्छ । तर २४ घन्टाभन्दा बढी समयका लागि हिरासतमा राख्न अदालतको म्याद अनिवार्य हुन्छ ।

संसद सचिवालयकै कर्मचारी रहेकी शाहीले गत आइतबार कोठामै आएर महराले आफूलाई बलात्कारको प्रयास गरेको आरोप लगाएपछि त्यसको पर्सीपल्ट महराले सभामुखबाट राजीनामा दिएका थिए ।

प्रकाशित : २०७६ आश्विन १९, आईतवार ०४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ