Breaking- कृष्णबहादुर महरालाई प्रहरीले समात्यो


काठमाडौं, १९ असोज । सभामुख रहेकै बेलामा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ गर्न अनुमति पाएसँगै महरालाई प्रहरीले आइतबार पक्राउ गरेको हो । महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको हो । महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको प्रहरीमा उजुरी परेको थियो ।

गत आइतबार रोशनीको कोठामा गएर महराले यौन दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएका थिए । त्यसपछि उनले सभामुखबाट राजीनामा दिएका थिए ।आफूलाई बलात्कार गरेको भनेर सार्वजनिक भएकी शाहीले पछि महराले आफूलाई केही पनि नगरेको बताएकी थिइन् ।

तर, प्रहरीले स्वास्थ्य परीक्षण र बयान लिएपछि भने उनले महराले आफूलाई यौन दुर्व्यवहार गरेको भनेर महानगरीय प्रहरी वृत्त बानेश्वरमा जाहेरी दर्ता गरेकी थिइन् । महराविरुद्ध प्रकाउको अनुमति माग्दै प्रहरी आइतबार जिल्ला अदालत काठमाडौं पुगेको थियो । अदालतले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

महरालाई पक्राउ गर्नका लागि सभामुख निवास अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित : २०७६ आश्विन १९, आईतवार १२:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ