काठमाडौं, २६ असोज । चिनियाँ राष्ट्रपति सी चीनपिङले नेपाललाई साढे ३ अर्ब चिनियाँ यूआन सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपालको राजकीय भ्रमणका लागि आएका चिनियाँ राष्ट्रपति सीले आज राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित द्विपक्षीय उच्चस्तरीय वार्तामा आर्थिक सहयोग गर्ने घोषणा गरे । घोषणा गरेको साढे ३ यूआन रकम आजको सटही दर अनुसार ५६ अर्ब १७ करोड रूपैयाँ भन्दा बढी हुन्छ ।
नेपालीको जीवनस्तर उकास्नका लागि सहयोग स्वरूप उपलब्ध गराउने घोषणा गरेका छन् । सहयोग रकम सन् २०२० देखि २०२२ सम्मका लागि उपलब्ध गराइनेछ ।