Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

साँसद आलमको यस्तो छ अपराध कहानी : १३ जनालाई ज्यूँदै जलाएका थिए !

टुडे खोज लेखक टुडे खोज
अशोज २६, २०७६, ४:०६ PM
0

काठमाडौं, २६ असोज । १३ जना मान्छेलाई ज्यूँदै इँटाभट्टीमा पोलेर हत्या गरेको आरोपमा नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहमद अफताव आलम पक्राउ परेका छन् ।

घटनाको १२ वर्षपछि यति ‘क्रुर’ घटनाको आरोपमा सांसद पक्राउ परेपछि आम नेपालीलाई आश्चर्यमा समेत पारेको छ । काठमाडौं र रौतहटको प्रहरीले उनलाई रौतहटस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो ।

यस्तो रहेछ आलमको अपराध कहानी

२०६४ साल चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको साविकको राजपुरफरहदवा गाविस ४ स्थित शेख इद्रिसको घरमा बम बिस्फोट भएको थियो । बिष्फोटमा इद्रिसको घरको छानो समेत नष्ट भएको थियो । इद्रिस अहिले पक्राउ परेका आलमका काका हुन् ।

उक्त बिष्फोटमा नारायणसिंह राजपुतका २२ वर्षीय छोरा पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ वर्षीय ओसी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए ।

भोलिपल्ट चैत २८ गते संविधानसभा सदस्य चुनावको प्रचार प्रसारका लागि आलमले पिन्टु र ओसीलाई आफ्ना मान्छेमार्फत घरबाट लिएर गएका थिए । निर्वाचनमा आफू विजय हुन र अन्य पार्टीका कार्यकर्ताहरूलाई तर्साउन भन्दै आलमको योजनामा काकाको घरमा बम बनाइयो । बम बनाउने क्रममा विष्फोट हुँदा पिन्टु र ओसीसहित अन्य व्यक्ति पनि घाइते भए ।

घाइते पिन्टु र ओसीले होशमा छँदै हामीलाई उपचार गराउनुहोस् वा हामीलाई छाडी दिनुहोस् भनेका थिए । तर, उनीहरुलाई छाड्दा उक्त बम बिष्फोटको घटना सार्वजनिक हुने भन्दै आलमको योजनामै उनीहरुले छाडिएन । उपचार गर्न पनि लगिएन ।

त्यसपछि आलमकै योजनामा पिन्टु र ओसीलाई नजिकैको इँटा भट्टामा लगेर जिउँदै पोलेर हत्या गरिएको थियो । उनीहरुलाई ज्यूँदै पोलेको देख्ने स्थानीय चश्मदीदले समेत बयान दिएका थिए । आलमकै योजनामा हत्या भएको जानकारी पाएपछि पिन्टु र ओसीका अभिभावकले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित उनका भाई मोहम्मद मोहताब आलम, शेख भदई, शेख मोविन आलम, शेष सराजविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए ।

त्यसबेला रौतटह प्रहरीले किटानी जाहेरी लिएन । उक्त जाहेरी बार एशोसिएसनको रोहबरमा सनाखत भएको भए पनि उक्त घटनाको विषयमा विपक्षीहरूलाई गम्भीर भई अनुसन्धान अगाडि बढाउन र अपराधीलाई कारवाही गर्न बारम्बार अनुरोध गर्दा समेत कुनै सुनुवाई नगरिएको पीडितको आरोप थियो ।

यो घटनाका बारेमा त्यसबेला इन्सेक, नेपाल वार एशोसिएसन तथा मानवअधिकार आयोगले स्थलगत अध्ययन गरी न्यायिक छानबीन आयोगको माग गरेका थिए ।

पछि उक्त मुद्दामा २०६५ असार ३० गते महान्यायाधिवक्ता कार्यालयबाट मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकिन हुन नसकेको साथै उनीहरुको मृत्यु हत्याबाट हुन गएको भन्ने पुष्टि हुन सकेको भन्दै हत्या देखिएमा पछि मुद्दा चलाउन सकिने हुँदा अहिले कसैउपर मुद्दा नचलाउने निर्णय भएको थियो ।

इँटाभट्टा तथा शेख इद्रिसको गोठ घरको माटो परीक्षणको लागि त्यसबेला केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला, महाराजगञ्ज, काठमाडौंमा पठाइयो । बालुवा जस्तो पदार्थमा मानिस जलाएको देखिन्छ–देखिँदैन भन्ने बारेमा विष्फोटक पदार्थ परीक्षण गर्ने सुविधा हाल यस प्रयोगशालामा नभएको भन्ने उत्तर प्रहरीको विधि विज्ञानले पठाएको थियो ।

त्यसबेला आरोपितमध्येका शेख इद्रिसलाई पक्राउ गरिए पनि सबुद प्रमाण नपुगेको भन्दै जिम्मा जमानीमा छाडिएको थियो । उक्त मुद्दामा कपोलकल्पित व्यहोरा उल्लेख गरी अदालत समक्ष दर्ता गराएको रिट निवेदन खारेजभागी छ, खारेज गरिपाऊँ भनी जिल्ला प्रहरी कार्यालय, रौतहट गौरका तत्कालीन प्रमुख एसपी जयबहादुर चन्दको लिखित जवाफ दिएका थिए ।

बम विष्फोटन भएको घटनास्थल मुचुल्का, बम विष्फोटनबाट पिन्टु र ओसी अख्तरलाई चोट लागेको देख्ने सराजुल मियाँ र ओहीद मियाँको कागजबाट घटना घटेको पुष्टि भएको थियो ।

घटनास्थलबाट बरामद भएको माटो तथा मृतक ओसी अख्तर मियाँको स्वीटर हाइनेक, कालो रङ्गको मोजा जोडी, कालो रङ्गको जुत्ता जोडी फेला परेको थियो । ती सबदुहरु रौतहट प्रहरीले २०६५ जेठ १९ गते जाँचका लागि पठाएको पत्रबाट पुष्टि भएको थियो ।

प्रहरीकै पत्रमै यस्ता प्रमाण उल्लेख भएको अवस्थामा या त लाश वा जीवित व्यक्तिको उपस्थिति प्रतिवादीले देखाउन सक्नु पर्नेमा आलमले देखाउन नसकेको भन्दै पीडित पक्षका अधिवक्ताद्धय केदारप्रसाद दाहाल र नारायणप्रसाद देवकोटाले सर्वोच्च अदालतमा बहस नोट पेश गरेका थिए ।

हत्या अरोपितहरुले मृतकका बारेमा केही बताउन नसकेकाले यर्थाथ छानबिन गर्नुपर्ने देखिएको सर्वोच्चको ठहर थियो । जसकारण घाइते अवस्थाका पिन्टु र ओसीलाई जिउँदै जलाई मारेको घटनाको सम्बन्धमा मुद्दा चलाउनु पर्ने अवस्था देखिएकाले मुद्दा नचलाउने भनी गरिएको रौतहट जिल्ला सरकारी वकील कार्यालयको निर्णयलाई सदर गरेको पुनरावेदन सरकारी वकील कार्यालय, हेटौंडाको निर्णयलाई सदर गर्ने गरी महान्यायाधिवक्ता कार्यालयको मिति २०६५ असार ३० गतेको निणर्य सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीले २०६९ जेठ १६ गते उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको थियो ।

उक्त मुद्दाको गम्भीर रूपले अनुसन्धान गरी कारबाही गर्न समेत अदालतले आदेश दिएको थियो । सुशीला कार्की पछि प्रधानन्यायाधीश भइन् । उनीविरुद्ध कांग्रेसले महाभियोग प्रस्ताव नै ल्यायो ।
अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गरेन ।

बरु आफ्नो छोराको हत्यारालाई कार्वाही गर्दै सर्वोच्चमा रिट दिएकी ओसीका आमा रोक्सना खातुनको रौतहटमा नै रहस्यमय ढंगले हत्या भयो । छोराको हत्यारामाथि कार्वाहीको माग गर्दागर्दै खातुनको हत्या भएको थियो । खातुनका हत्यारा पनि पक्राउ परेका छैनन् । यसमा पनि शंकाको सुइ आलमतिरै सोझिएको छ ।

२०१९ असार ५ गते जन्मिएका अफताब आलम स्नातक ९बिएस्सी० सम्मको अध्ययन गरेका छन् । २०५३ सालको उपनिर्वाचन, २०५६ र २०६४ सालमा रौतहट २ बाट बिजयी भएका आलम बिभिन्न पटक–पटक गरी ६ पटक बिभिन्न मन्त्रालयहरु सम्हालेका छन् ।

२०३४ सालबाट राजनितिक यात्रा शुरु गरेका आलम २०४५ सालदेखि पार्टीको कार्यबाहक सभापति हुँदै दुइ पटक जिल्ला सभापति र एक पटक केन्द्रिय सदस्य भइसकेका छन् । २०७० सालको संबिधान सभाको निर्वाचनमा भने उनी पराजित भएका थिए । ०७४ सालमा सम्पन्न निर्वाचनमा उनी रौतहट २ बाट विजयी भएका थिए । – नयाँपेज

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

शरतसिंह भण्डारी श्रम मन्त्री बन्दै

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

जनकपुरमा रामनवमीको अवसरमा हिन्दु सम्राट सेनाद्वारा शक्ति प्रदर्शन

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो, के के भयो ? हेर्नुहोस्

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

जब सिरहाकी मिटरब्याज पीडितले सांसदको नाम लिइन्…

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

पूर्वमन्त्री कुशवाहले त्यागे माओवादी केन्द्र, जनमत पार्टीबाट बारा २ मा उम्मेदवार घोषणा

10 best Nepali movies streaming on YouTube now: A curated list

10 best Nepali movies streaming on YouTube now: A curated list

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध