Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

जनकपुर विमानस्थलमा सांसदले नै गरे तोडफोड, कर्मचारीमाथि पनि हातपात

टुडे खोज लेखक टुडे खोज
अशोज २७, २०७६, ११:५७ AM
0
जनकपुर विमानस्थलमा सांसदले नै गरे तोडफोड, कर्मचारीमाथि पनि हातपात

जनकपुरधाम, २७ असोज । राष्ट्रिय जनता पार्टी (राजपा)का एक सांसदले नै जनकपुर विमानस्थलमा तोडफोड र कर्मचारीमाथि हातपात गरेका छन् ।

राजपा सांसद प्रमोदकुमार साहले आज जनकपुर विमानस्थलको कार्यालयमा तोडफोड गरेका हुन् । संघीय सांसद साहले विमान ढिलो (डिले) भएको भन्दै विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड गर्नुका साथै कर्मचारीमाथि समेत हातपात गरेका हुन् ।

सर्लाहीको निर्वाचन क्षेत्र नं। १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साह विमान ढिलो भएको भन्दै तोडफोडमै उत्रिएका विमानस्थल कार्यालयले जनाएको छ । ११ः०० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको र व्यवस्थापन पक्षले लापरवाही गरेको भन्दै आक्रोशित सांसदले तोडफोडका साथ कर्मचारीमाथि ठेलठाल गरेका थिए ।

सांसद साहले काउण्टरमा धक्काधक्की गरेको स्वीकार गरेका छन् । ‘जहाजमा किडनीका विरामीलाई समयमै काठमाडौं पुग्नुपर्ने छ, तर जहाज आउने, नआउने कुनै सूचना छैन १ व्यवस्थापन पक्षलाई भन्दा कुनै वास्ता गर्दैन, बाध्य भएर काउण्टरमा बुझ्न जाँदा अटेरी गर्दा रिसको झोंकले काउण्टरमा सामान्य तोडफोड भयो’, उनले भने ।

जनकपुरधाम उप–महानगरपालिका ४ का ६५ वर्षीय मृगौला रोगी सौखीलाल चौधरीलाई काठमाडौं पठाउन विमानस्थल व्यवस्थापन पक्षलाई पटक–पटक फोन गर्दा समेत अटेरी गरेको उनको आरोप छ । ‘मृगौलाका विरामी पीडाले छटपटाइरहेको अवस्थालाई देखेर म आक्रोशमा आएँ र धक्कामुक्की भयो’ उनले भने ।

बुद्ध एयरका प्रमुख विजयकुमार सिंहले भने प्राविधिक कारणले विमान उडानमा ढिलाइ भएको बताएका छन् । उनले भने, ‘यात्रुहरुलाई प्ले डिले भएको पटक–पटक जानकारी गराउँदै आएको हो, तर सांसद साह एक्कासी आएर बुद्ध एयरको काउण्टरमा तोडफोडसँगै कर्मचारीमाथि हात उठाउनु भयो ।’

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था केही बेर तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोही फ्लाइटमा काठमाडौं जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारी र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्नबाट रोकेका थिए ।

त्यस क्रममा सांसद साह र प्रमुख सिंह बीच हात हालाहाल समेत भएको जनाइएको छ । पछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमान चढेर काठमाडौं गएका जनाइएको छ ।

सम्बन्धित समाचार

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

२०८० सालमा कति दिन बिदा ? यी पर्व र दिवसमा पनि खुला हुनेछन् सरकारी सेवाहरु

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

आलोचना भएपछि शीतलनिवासले सच्यायो राष्ट्रपतिको फोटो

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

मधेसको मुख्यमन्त्रीमा जसपाका सरोज यादव नियुक्त

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

सीके र रञ्जिताबीच १२ बुँदे सहमति : रेशमको रिहाइ पहलदेखि नागरिकता विधेयकमा दबाबसम्म (पूर्णपाठ)

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

मधेश प्रदेशः १०४ सांसदको शपथग्रहण, जनमतका साँसदहरुले लिए मधेशी भाषामा शपथ

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध