साँसद प्रमोद साहलाई भोली अदालतमा पेश गरिने, १० वर्ष कैद सजाय होला ?


जनकपुरधाम, २८ असोज । जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपाका संघीय सांसद प्रमोद साहलाई भोलि जिल्ला अदालत धनुषामा पेश गर्ने भएको छ ।

काठमाडौंबाट पक्राउ गरी धनुषा ल्याउन ढिलो भएपछि सांसद साहलाई आज अदालतमा पेश गर्न सकिएन । जनकपुर विमानस्थलबाट सिधा जिल्ला प्रहरी कार्यालय लगिएका सांसद साहलाई केही बेरमा अदालत लगियो । तर न्यायाधीश क्वाटरमा गइसकेका कारण फर्काएर पुनः जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

सर्लाही क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद साह जहाज ढिलो हुँदा जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गर्नुका साथै म्यानेजर विजय सिंहमाथि हातपात गरेका थिए । उनीमाथि मैगलबार नागरिक उड्डयन प्राधिकरणले गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराएको छ ।

मुद्दामा दोषी ठहर भए सांसद साहलाई ५ वा १० वर्ष कैद सजाय हुने व्यवस्था रहेको धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

प्रकाशित : २०७६ आश्विन २८, मंगलवार १५:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ