आफ्नी श्रीमतीसँग यौन सम्बन्ध राखेको भन्दै यादवले गरे लोथको हत्या


काठमाडौं : रुपन्देहीका २६ वर्षीय दिनेश लोधको हत्या यौन सम्बन्धका कारण भएको खुलेको छ ।

लोधको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका ६ गुलरियाका लोधको शव गत मंसिर १७ गते विहान साढे ७ बजे गैडहवा गाउँपालिका ६ स्थित पर्सा कलौनी सडकखण्डको पूर्वी किनारमा फेला परेको थियो ।

उनको हत्या आरोपमा लुम्बिनी सांस्कृतिक नगरपालिका ७ बाट प्रहरीले फागुन २५ गते रामवरण यादवलाई नियन्त्रणमा लिएको छ । आफ्नी श्रीमतीसँग यौन सम्बन्ध राखेको थाहा पाएपछि यादवले लोधको हत्या गरेको खुलेको प्रहरीले बताएको छ ।

पक्राउ परेका यादवले हत्या आफूले गरेको स्वीकार गरेका छन् । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दिन थुनामा राख्ने अनुमति लिएको प्रहरी निरीक्षक महतले बताए ।

प्रकाशित : २०७७ फाल्गुन २७, बिहीबार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ