काठमाडौं । जनता समाजवादीका प्रमुख सचेतक प्रदीप यादवले प्रदेश संरचनाविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । विभिन्न प्रदेशहरूमा संघीयता खारेजीको माग गर्दै जुलुस खडा गरेर षडयन्त्र भइरहेको तर संघीयता कसैको आशिर्वादमा नआएकोले यसलाई जोगाउने उनले बताए ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद यादवले प्रदेश संरचनालाई बलियो बनाउनका लागि संविधानले तय गरेका अधिकार दिनुपर्ने बताए । प्रहरी प्रशासन प्रदेशमा लैजानुपर्ने उनको माग थियो ।
‘अहिले धेरै प्रदेशहरूमा केही तत्वहरूको ग्रान्ड डिजाइनमा प्रदेश खारेजी गर्नुपर्छ भनेर जुलुसहरू निकालिरहेको छ । संघीयता यसरी आएको होइन, कसैको आशिर्वाद, हुकुम बक्सिसमा आएको होइन । संघीयता नेपाली जनताको बलिदानीले आएको छ । नेपाली जनताको खुन पसिनाले आएको छ,’ उनले भने, ‘संघीयतालाई मजबुत बनाउनका निमित्त सरकारको काम हो ।’
सबै शक्ति केन्द्रमा राखेर संघीयता बलियो नबन्ने सांसद यादवको भनाइ थियो । प्रदेश संरचनालाई बदनाम हुनबाट जोगाउन संविधान कार्यान्वयन हुनुपर्ने उनको माग थियो । ‘सकारले सम्पूर्ण शक्ति केन्द्रमा राख्ने प्रदेशलाई अधिकार नदिने, प्रहरी प्रशासन केन्द्रमा राख्ने र प्रदेशमा नदिने अनि संघीयता मजबुद कसरी हुन्छ रु प्रदेश त बदनाम भइहाल्छ !,’ उनले भने, ‘अघिल्लो सरकारले पनि त्यै काम गर्यो, अहिलेको वर्तमान सरकार पनि त्यै बाटोमा गइरहेको छ ।’
सरकारले तत्काल प्रदेशमा प्रहरीको अधिकार दिने काम गर्नुपर्ने बताए । उनलषे संघमा प्रहरी प्रशासन राखेर संघीयता मजबुत नहुने बताए । संघीयता मजबुत गराउनुछ भने प्रदेशमा प्रहरी प्रशासन पठाउनुपर्ने उनको माग थियो ।