निषेधित क्षेत्र तोड्न खोजेका राजेन्द्र महतो प्रहरीको निगरानीमा


जनकपुरधाम । लोसपा परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति अभियान घोषणा गरेका नेता राजेन्द्र महतो आज माइतीघर मण्डलामा निषेधित क्षेत्र तोड्ने घोषणा गरेका थिए ।

सरकारले तोकेको निषेधित क्षेत्र तोड्नेबारे आफ्ना कार्यकर्तालाई प्रशिक्षण समेत दिए । अहिले उनको समूह कमलपोखरीको कमलेश्वरी सदनमा छन् । उनीहरु माइतीघर मण्डला हिड्न लागेपछि प्रहरीले निगरानी बढाएको छ ।

महतोको अभियानमा लागेका सञ्जय चौधरीले प्रहरीले आफूहरुको कार्यक्रम प्रभावित पार्न खोजेको बताए । उनले भने, ‘हामीलाई बाहिर निस्किन नदिन ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । तर हामी जसरी पनि निषेधित क्षेत्र तोड्छौं ।’

प्रकाशित : २०८० फाल्गुन १६, बुधबार १४:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ