जनकपुरधाम : भारतको बैरगनियामा शनिवार सांझ एक यूवकलाई गोली हानी हत्या गरिएको छ । सोही ठाउका राकेश झालाई अज्ञात समूहले ५ गोली मारेका हुन् ।
गोली लागेका झाको घटनास्थलमै मृत्यु भएको थियो । घटनापछि स्थानीय आन्दोलित बनेका छन् । हत्यारालाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
हत्या गरिएका झा महोत्तरीका पत्रकार मनोज झा ‘मुक्ति’का भान्जा रहेको बुझिएको छ ।